Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आजदेखि सुरु हुँदै


    आइतबार, माघ १४ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। माधव कुमार नेपाल नेतृत्त्वको नेकपा एकीकृत समाजवादीको राष्ट्रिय सम्मेलन आज (आइतबार) देखि सुरु हुँदैछ।

    राष्ट्रिय सम्मेलनमा पार्टीको राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गर्ने दस्तावेज मस्यौदा सम्बन्धमा छलफल हुने पार्टीले जनाएको छ।

    सम्मेलन आज बिहान साढे ११ बजे प्रज्ञा भवन कमलादीमा हुनेछ।

    उक्त सम्मेलनमा पार्टीको आसन्न महाधिवेशनका लागि वैचारिक दृष्टिकोण तथा कार्ययोजनामा केन्द्रित रहने तथा पार्टी सुदृढीकरणका लागि देशभर आधारभूत तहसम्म संगठन स्थापित गर्न कार्ययोजना बनाइने जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार