Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुदुरपश्चिम संसदीय दलको नेताबाट खगराज भट्टलाई नहटाउन माओवादीको निर्देशन


    आइतबार, माघ १४ २०८०
    935
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। सत्तारुढ नेकपा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश कमिटीले संसदीय दलको नेताबाट खगराज भट्टलाई हटाउने निर्णय तत्काल सच्याउन निर्देशन दिएको छ।

    हिजो बसेको प्रदेश कमिटीको पदाधिकारी बैठकले दलको नेता परिवर्तन गर्ने निर्णय प्रदेशका हजारौं कार्यकर्ताको मनोभावना विपरीत रहेको निष्कर्ष निकाल्दै निर्णय सच्याउन निर्देशन दिएको हो।

    शुक्रबार प्रदेश संसदीय दलको बहुमतले खगराज भट्टलाई दलको नेताबाट हटाउने निर्णय गरेको थियो। उनको स्थानमा त्यसअघि प्रमुख सचेतक रहेका मानबहादुर धामीलाई दलको नेता चयन गरेको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार