काठमाडौं । नेपालका प्रधाानमन्त्री केपी शर्मा ओलीलाई अमर्यादित ढंगले चिनियाँ एजेन्ट भनेर टेलिभिजनमा अन्तर्वार्ता दिने भारतीय स्थल सेनाध्यक्ष मनोजमुकुन्द नरभणे तीन दिनका लागि कार्तिक १९ गतेदेखि नेपाल भ्रमणमा आउँदैछन् ।
नेपालको स्वाभिमानमाथि नै ठेस पुर्याउने अभिब्यक्ति दिने नरभणे नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाको निम्तोमा नेपाल आउन लागेका हुन् । नेपाली सेनाले नरभणेलाई राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानार्थ महारथीको उपाधिबाट सुशोभित पनि गर्न लागेको छ । नेपालका सरकार प्रमुखमाथि संगीन आरोप लगाउने भारतीय सेनाध्यक्ष नरभणेलाई ओलीकै नेतृत्वको सरकारले मानार्थ महारथीबाट सुशोभित गर्नुलाई भने आश्चर्यका रुपमा हेरिएको छ ।
यसैबीच, नरभणे नेपाल आउन ६ दिन बाँकी छँदा भारतीय मिडियाले उनले गरेका भ्रष्टाचारका फेहरिस्त सार्वजनिक गरेका छन् । चीनसँगको सीमा विवादका क्रममा सेनाध्यक्ष नरभणेले नक्कली बिल बनाएर घोटाला गरेको आरोप लगाइएको छ ।
यद्यपि चीनसँग आमनेसामने भिडन्त हुँदा नक्कली बिल राखेर कति घोटाला गरिएको थियो भन्ने बारेमा केही खुलाइएको छैन ।
भारतीय संचारमाध्यम आजतकका अनुसार यसमा सैन्य इन्जिनियर सेवा (एमईएस) को नेतृत्वमा निर्माण परियोजनाहरुसँग सम्बन्धित घोटाला र नक्कली बिल सामेल रहेको वताइएको छ । भारतीय सेनाले यो सम्पूर्ण कुराको सम्बन्धमा महत्त्वपूर्ण निर्णय लिएको छ ।
सैन्य इञ्जिनियर सेवा (एमईएस) को नेतृत्वमा निर्माण परियोजनाहरू सम्बन्धित घोटाला र लद्दाखमा नक्कली बिल समावेश गरिएको हुँदा भारतीय सेनाको बदनाम भएको छ । सेनाले यो ठुलो घोटालाको अनुसन्धानका लागि केन्द्रीय अन्वेषण ब्यूरो (सीबीआई)लाई जिम्मा दिइएको आजतकमा उल्लेख छ ।
सेनाले उत्तर प्रदेशको मेरठस्थित आर्मी मैरिड एकोमोडेसन प्रोजेक्टको अनुसन्धान सीबीआईलाई हस्तान्तरण गरेको छ । यस बाहेक ती निर्माणहरूको सूची बनाइरहेको छ, जसको लागि एमईएस जिम्मेवार थियो । सेनाले ती केसको अनुसन्धान सीबीआईलाई पनि सुम्पने वताइएको छ ।
‘मेरठ प्रोजेक्टमा निर्माण कार्यमा समस्या थियो, जसको कारणले यस्तो अवस्था सिर्जना भयो, जुन भवनहरू ध्वस्त पार्नुर्पयो। सीबीआईलाई पठाउन सकिने अन्य केसहरूमा लेह, बेंगलुरु, गुवाहाटी र अहमदनगरमा एमईएस परियोजनाहरूको निर्माणका क्रममा नक्कली बिल समावेश छ । भ्रष्टाचारमाथि आक्रामक कारबाही गर्ने यो प्रयास सेप्टेम्बरमा सीडीएस जनरल बिपिन रावतले लेखेको पत्रपछि शुरू भएको थियो ।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend