Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेता अनिल झालाई माफी माग्न नेकपाकी सांसदको आग्रह


    शुक्रबार, कार्तिक १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपाकी सांसद रेखाकुमारी झाले जसपाका नेता एवं सांसद अनिल झालाई तुरुन्त माफी माग्न आग्रह गरेकी  दिएकी छिन्।

    बिहीबार विज्ञप्ति जारी गर्दै  सार्वजनिक रुपमा महिलामाथि अपशब्द बोलेका झालाई माफी मागेर महिलाप्रति सम्मान देखाउन उनले आग्रह गरेकी हुन्।

    अनिल रौतहट–१ बाट निर्वाचित सांसद हुन् भने रेखाकुमारी नेकपाकी समानुपातिक तर्फकी सांसद हुन्।

    उनले सार्वजनिक रुपमा श्रीमान विदेश गएका महिलाप्रति लक्षित गरेर अपमानजनक शब्द बोलेको रेखाकुमारीको दावी छ।

    विज्ञप्तिमा भनिएको छ, ‘सम्पूर्ण महिला दिदीबहिनीको चरित्र हत्या गरेको इज्जत प्रतिष्ठालाई खुला मञ्चबाट धब्बा बोलेकोले यथाशीघ्र आम रुपमा माफी माग्नु पर्दछ। जनताको मतबाट पनतृकाृ जसपा नेता सांसद आफ्नो मर्यादा क्षेत्र के हो?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार