काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका दुई अध्यक्षबीच अहिले आशंकाको सम्बन्ध चलिरहेको छ । पछिल्ला घटनाक्रमले भने अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अहिले अचम्ममा परेका छन् ।
उनी अचम्ममा पर्नुको कारण भने पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड रहेको बुझिएको छ ।
केही समयअघि प्रचण्ड दिनहुँ बालुवाटार आउँदा हैरान परेका प्रम ओली अहिले भने प्रचण्डलाई भेट्न बोलाइरहेका छन् । तर प्रचण्ड भने उनलाई भेट्न गैरहेका छैनन् । प्रचण्ड बालुवाटार आउनै छोडेपछि भने प्रम ओली र उनको समूह अहिले अनेक आशंका गर्नमा व्यस्त भएका छन् ।
पछिल्लो समय मन्त्रिमण्डल पुनर्गठन, राजदूत नियुक्ति लगायतका विषयमा समेत दुई अध्यक्षबीच मतभेद रहेको बताइन्छ । तर सम्बन्धमा थप चिसोपनको कारण भने कर्णाली प्रदेशको विवाद रहेको विश्लेषण भैरहेको छ ।
सधैं असन्तुष्टि लिएर बालुवाटार जाने प्रचण्ड चुपचाप खुमलटारमै बसेपछि भने ओली समूहको बेचेनी बढेको बुझिएको छ । सोहीकारण पछिल्ला दिनहरुमा ओलीको दूतको रुपमा विष्णु पौडेल, सुवास नेम्वाङ, शंकर पोखरल र प्रदिप ज्ञवाली पालैपालो खुमलटार पुग्ने गरेका छन् ।
शुक्रबार पनि परराष्ट्र मन्त्री ज्ञवालीले अध्यक्ष पुष्पकमल दाहाललाई भेटेका छन्। ओलीको सन्देश बाहक बनेका ज्ञवालीले ओली–दाहालबीचको संवादहीनता तोड्ने प्रयास गरेको खुमलटार स्रोतले जानकारी दिएको छ । तर प्रचण्ड भने यो पटक नराम्ररी रिसाएकाले उनको प्रयास सफल हुन सकेन ।
ओलीले पार्टीलाई उपेक्षा गरेको र आफूसँग एउटा कुरा गर्ने र काम अर्को गर्ने गरेको भन्दै प्रचण्ड असन्तुष्ट रहेको खुमलटार स्रोतको दावी छ ।
तर प्रचण्डको असन्तुष्टिलाई ओली समूहले भने खतराको रुपमा विश्लेषण गरेको बताइएको छ । सोहीकारण बिहीबारदेखि प्रचण्डले वरिष्ठ नेता माधव नेपालसँग मिलेर संसदीय दलमा ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने हल्ला फैलाइएको छ । यो विषयको समाचारमा ओलीनिकट नेतालाई उद्दृत गरिएको छ ।
पछिल्लो समय प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस भित्र पनि संसद् बैठक बोलाउन प्रम ओलीलाई दबाब दिनुपर्ने आवाज उठेको छ । कांग्रेसले यो भनाईलाई महत्व दिनु र प्रचण्ड रिसाउनुले अविश्वासको प्रस्ताव संसदीय दलमा सिमित नहुने ओली पक्षको आशंका रहेको छ । सोहीकारण प्रचण्डसँगको मौनता तोड्नका लागि ओलीका दूतहरुको खुमलटार यात्रा बाक्लिएको छ ।
यता प्रचण्ड भने ओलीका दूतहरुको अनेक प्रस्ताव माथि भने माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, वामदेव गौतमसँग कहिले सामूहिक कहिले एक्लाएक्लै छलफल गरिरहेका छन् । नेत नेपाल निकट नेताका अनुसार अहिले प्रचण्ड बालुवाटार जानु ठीक नरहेको सोही समूहको निर्णय हो ।
यस्तै वरिष्ठ नेता झलनाथ खनालले दुई अध्यक्षबीच एक्लै कुराकानी गर्नुको औचित्य नरहेको सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
दुई पार्टी एक भए पनि दुई कित्ता भएसँगै आशंका र तनावपूर्ण रहेका नेकपाको आन्तरिक राजनीति फेरि अप्ठ्यारोमा पर्न थालेको विश्लेषण भैरहेको छ । केही दिनभित्र प्रधानमन्त्री ओलीले तीनजना मन्त्री फेर्ने हल्लाका बीच यो विवाद समाधानको सम्भावना कम रहेको नेकपाकै एक नेता बताउँछन् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend