Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • विवाद समाधानका लागि देउवाको प्रयास, बोलाए शीर्ष नेताको बैठक


    शुक्रबार, कार्तिक १४ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसको जारी विवाद समाधानका लागि सभापति शेरबहादुर देउवा अघि सरेका छन् । उनले सोमबारका लागि शीर्ष नेताको बैठक बोलाएका छन्। कार्तिक २१ गतेका लागि बोलाइएको केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा तय गर्ने गरी समाधान निकाल्न देउवाले पुनः शीर्ष नेताको बैठक बोलाएका हुन्। 

    कोरोना संक्रमणका कारण अवरुद्ध भैरहेको  बैठक पुनः बोलाइएको हो। पार्टीभित्रको विवादमा समाधान पहिल्याउन देउवाले शीर्ष तहका नेताको बैठक डाकेका हुन्। 

    पौडेल पक्षले विभाग, क्रियाशील सदस्यता वितरण, मनोनित केन्द्रीय सदस्य, भ्रातृ संस्थाको पदावधि लगायतका विषयमा आपत्ति जनाउँदै आएको छ। सभापति देउवाले एकतर्फी गरेका निर्णय खारेज हुनुपर्ने पौडेल पक्षको माग छ। 

    केन्द्रीय समिति बैठकअघि आफ्ना माग सम्बोधन हुनुपर्ने पौडेल पक्षको भनाइ छ।

    असोज १२ मा बुझाइएको ज्ञापनपत्रमा सभापतिलाई निर्णय सच्याउन एक साताको समय दिइएको थियो। असोज १७ मा बसेको शीर्ष नेताको बैठकले कुनै समाधान निकाल्न सकेको थिएन। त्यसैदिन ६ केन्द्रीय सदस्यलाई कोरोनाको पुष्टि भएपछि असोज १९ को बैठक रोकिएको थियो।शीर्ष तहका नेताको बैठक पनि अवरुद्ध भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार