Nepal Face
  • आइतबार, १० साउन २०८३
  • गैडाको आक्रमणबाट एक व्यक्तिको मृत्यु 


    सोमबार, चैत्र २४ २०७६
    955
    Shares
  • १ मिनेट पाठ
  • चितवन,२४ चैत । गैंडाको आक्रमणबाट चितवनमा  एक जनाको ज्यान गएको छ ।

    निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीले  चितवन राष्ट्रिय निकुञ्जसँग जोडिएको बेलसार मध्यवर्ती सामुदायिक वनमा गैंडाले आक्रमण गर्दा भरतपुर महानगरपालिका–२२, बोटे टोलका ४० वर्षीय पूर्णबहादुर कुमालको मृत्यु भएको जानकारी दिए ।

    कुमाल निउरो टिप्न वन गएका थिए । उनको शव अहिले घटनास्थलमै रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार