काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्री पौडेलले लोकतन्त्रमा मिडियालाई चौथो अङ्गका रुपमा लिइने भएकाले सरकारका गतिविधिलाई निरन्तर नियालेर सुझाव र आलोचना दिन आग्रह गर्नुभएको छ ।
उहाँले मिडियाको निगरानीपूर्ण आँखाले सरकारलाई जनताको पक्षमा काम गर्न मद्दत गर्ने धारणा व्यक्त गर्दै मिडिया र पत्रकारलाई प्रोत्साहन, सहकार्य र सहयोग आदान–प्रदान गरी सरकार अघि बढ्ने स्पष्ट गर्नुभयो ।
पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालगायतका विषयमा नेपाल पत्रकार महासङ्घका १३ बुँदे सुझावपत्र आज सिंहदरबारस्थित मन्त्रालयमा बुझ्दै मन्त्री पौडेलले पत्रकारको हकहित, प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रतालगायतका विषयमा महासङ्घसँग घनिष्ठ सम्बन्ध राखेर अघि बढ्ने बताउनुभयो ।
महासङ्घका अध्यक्ष गोविन्द आचार्य नेतृत्वको टोलीले उक्त सुझाव बुझाएको थियो । अध्यक्ष आचार्यले कोराना भाइरसले उत्पन्न गरेको जटिल स्थितिमा पनि अग्रमोर्चामा रहेर जिम्मेवारी बहन गरिरहेका सञ्चारकर्मी र सञ्चार प्रतिष्ठानमा परेको प्रभाव र असरबाट उत्पन्न समस्या सम्बोधनका लागि अल्पकालीन र दीर्घकालीन योजना तयार गर्न आग्रह गर्नुभएको थियो । रासस
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend