Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चन्द समूहका कार्यालय सचिव पक्राउ


    बिहिबार, कार्तिक १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कन्चनपुर । पूर्वमा २ नेता पक्राउ परेकै दिन नेत्रविक्रम चन्द समूहको कञ्चनपुर जिल्ला पार्टी कार्यालय सचिव २७ वर्षीय शङ्करसिंह महरालाई प्रहरीले आज पक्राउ गरेको छ ।

    भीमदत्त नगरपालिका १८ गोबरैया क्षेत्रबाट महरालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले बताउनुभयो ।

    बैतडी कटौजपानी गाँउपालिका २ सिल्लेगढा घरभै महरा हाल कञ्चनपुरको भीमदत्त नगरपालिका १८ गोबरैया बस्दै आएका महरालाई जबर्जस्ती चन्दा र विभिन्न घटनामा सम्लग्न रहेको आरोप छ । 

    बिहीबार दिउँसोमात्रै विप्लव समूहको पूर्वी कमान्डअन्तर्गत कम्पनी कमिसारसहित दुई जनालाई मोरङ प्रहरीले मिक्लाजुङ गाउँपालिका १ बाट बुधबार पक्राउ गरेको थियो । 

    सप्तरी सुरुङ्गा नगरपालिका(२ का ३२ वर्षीय काशीनाथ घिमिरे प्रतिक र इलाम चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राईलाई प्रहरीले पक्राउ गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार