काठमाडौं, २४ चैत । विश्वभरी महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथामका लागि सरकारले वैशाख ३ गतेसम्म थप गर्ने निर्णय गरेको छ ।
सोमबार अपराह्न बसेको मन्त्रिपरिषद् बैठकले दुई हप्तादेखि जारी लकडाउनलाई बैशाख ३ गतेसम्मका लागि थप गर्ने निर्णय गरेको हो ।
कोभिड १९ ९कोरोना भाइरस० संक्रमण बढ्न नदिन सरकारले चैत ११ गतेदेखि देशलाई लकडाउन गर्ने घोषणा गरेको थियो । चैत १७ गते पहिलो पटक चैत २५ सम्मका लागि थप भएको लकडाउन आज फेरि थप भएको हो ।
भोलिबाट लकडाउनको अवधि सकिने भएपछि सरकारले आजै थप गर्ने निर्णय गरेको हो।