काठमाडौं ।आज साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। साताको पहिलो कारोबार दिन आइतबारदेखि निरन्तर ओरालो लागेको नेप्से परिसूचक आज ३.९४ अंकले घटेर २०८४.०९ विन्दुमा कायम भएको हो।
नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३०४ कम्पनीको १ करोड १६ लाख ८९ हजार ९५५ कित्ता सेयर ३ अर्ब ७६ करोड ४५ लाख ५ हजार ४५० रुपैयाँमा खरिदबिक्री भए। बुधबार ३ अर्ब ८९ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।
सामान्य अंकले घटेको सेयर बजारमा एउटा मात्रै कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सामलिङ पावरको सेयर मूल्य ९.९९ प्रतिशतले बढ्यो। मिड हाइड्रोपावरको ८.७९ प्रतिशतले बढ्दा इनफिनिट लघुवित्त वित्तीय संस्थाको ८.१२ प्रतिशतले बढेको हो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको २८ करोड मूल्य बराबरको सेयर कारोबार भयो। नगदी ग्रुप पावरको १९ करोड,अरुण कावेली पावरको ९ करोड,अपी पावरको ९ करोड र एनआरएन इन्फ्रास्टक्चर एन्ड डेभलपमेन्टको ७ करोड बढी मूल्यको सेयर कारोबार भयो।
त्यस्तै , कारोबारमा आएका १३ उपसमूहमध्ये ५ वटाको मूल्य बढ्दा ८ वटाको घट्यो।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend