काठमाडौं । एएफसी एसिया कप फुटबलमा समूह डीबाट इराक र जापान क्वाटरफाइनलमा प्रवेश गरेका छन् । समूह चरणका अन्तिम खेलमा इराकले भियतनामलाई र जापानले इन्डोनेसियालाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका हुन् ।
कतारमा जारी प्रतियोगिता अन्तर्गत बुधबार भएको खेलमा इराकले भियतनामलाई ३–२ गोल अन्तरको पुनरागमन जित निकाल्दै शीर्ष स्थानमा रहेर क्वाटरफाइनल प्रवेश ग¥यो । १ गोलले पछि परेको इराकले नतिजा उल्टाएको थियो ।
४२ औँ मिनेटमा भिट वुइ ह्वाङले गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफको अतिरिक्त चौथो मिनेटमा भिएन खाङ रातो कार्ड पाउँदै मैदान छाड्दा (दोहोरो पहेँलो कार्ड) भियतनाम १० खेलाडीमा समेटिएको थियो ।
४७ औँ मिनेटमा इराका लागि रेविन सुलाकाले बराबरी गोल गरेका थिए । ७३ औँ मिनेटमा आयमिन हुसेनले गोल गर्दै इराकलाई २–१ ले अघि बढाएका थिए । ८३ औँ मिनेटमा पाएको पेनाल्टी आयमिन हुसेनले गोलमा परिणत गर्न असफल भए ।
क्वाङ हेइले गोल गरेपछि भियतनामले बराबरी गरेको थियो । तर, दोस्रो हाफको थप गरिएको १२ औँ मिनेटमा इराकले पेनाल्टी पाएको थियो । भियतनामका खेलाडीले इराकका युसुफ यमिनलाई फल गरेपछि पाएको पेनाल्टीमा आयमिन हुसेनले गोल गर्दै अन्ततः ३–२ को जित दिलाए ।
समूह चरणको अर्को खेलमा जापानले इन्डोनेसियालाई ३–१ गोल अन्तरले पराजित गरेको छ । छैटौँ मिनेटमा जापानलाई आयासे वेडाले पेनाल्टीमा गोल गर्दै अग्रता दिलाएका थिए । ५२ औँ मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गर्दा जापानले अग्रता दोब्बर बनाएको थियो ।
८८ औँ मिनेटमा इन्डोनेसियाका जस्टिन हुनबनेरले आफ्नै पोस्टमा गोल गरेपछि जापान ३–० ले अघि बढेको थियो । दोस्रो हाफको अतिरिक्त पहिलो मिनेटमा भियतनामका स्यान्डी वाल्सले गोल गरेर अन्तर ३–१ मा झारे पनि हार भने टरेन ।
काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गतको अन्तिम क्वाटरफाइनल खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई पराजित गर्दै सेमीफाइनल प्रवेश गरेको छ। कान्सास सिटी स्टेडियममा भएको खेलमा अर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१...
काठमाडौँ। प्रतिनिधि सभा सदस्य रमेश मल्लले नेपाल फुटबल संघ ९एन्फा० माथि अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले लगाएको निलम्बन सरकारको अदूरदर्शिता र खेलकुद संस्थामा गरिएको...
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)पदाधिकारीलाई विदेश यात्रामा अवरोध नगर्न उच्च अदालत पाटनले आदेश जारी गरेको छ। अदालतका न्यायाधीशद्वय गणेशप्रसाद बराल र तेजेन्द्रप्रसाद शर्मा...
काठमाडौँ। अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई अनिश्चितकालका लागि निलम्बन गरेको छ। फिफा काउन्सिल ब्युरोले बुधबार फिफा विधानको धारा १६...
काठमाडौं । अष्ट्रियाले फिफा विश्वकप-२०२६ मा विजयी सुरुवात गरेको छ । अमेरिका क्यार्लिफोर्नियास्थित सान फ्रान्सिस्को वे एरिया रङ्गशालामा बुधवार भएको आफ्नो पहिलो खेलमा अष्ट्रियाले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend