Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कांग्रेसले बोलायो केन्द्रीय समिति बैठक


    बिहिबार, कार्तिक १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको छ। कात्तिक २१ गते शुक्रबार दिउँसो १ बजे बैठक बस्ने कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

    पार्टीको १४ औं महाधिवेशनबारे छलफल गर्न कांग्रेसले केन्द्रीय समिति बैठक बोलाएको हो।  बैठकमा पदाधिकारी, केन्द्रीय सदस्य, आमन्त्रित केन्द्रीय सदस्यलाई उपस्थित हुन कांग्रेसले आग्रह गरेको छ।

    कांग्रेसको १४ औं महाधिवेशन फागुन ७ देखि गर्ने कार्यतालिका छ।

    कोरोनाभाइरस महामारीले क्रियाशील सदस्यता वितरण तथा नवीकरणका काम प्रभावित भएपछि कांग्रेसले महाधिवेशनको मिति सार्ने तयारी गरेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार