विराटनगर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । नेपाल कम्युनिस्ट पार्टी विप्लव समूहका दुई जना कार्यकर्ता पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
प्राप्त सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक सन्तोषकुमार खड्काको नेतृत्वमा गएको टोलीले मोरङ मिक्लाजुङ गाउँपालिका–१ स्थित बिजुलीप्रसाद तिम्सिनाको घर खानतलासीका क्रममा बुधबार साँझ उनीहरु पक्राउ परेका हुन् । पक्राउ पर्नेमा इलाम चुलाचुलीका १८ वर्षीय सनम भन्ने विज्ञान राई र सप्तरीको सुरुङ्गा नगरपालिका–२ का ३२ वर्षीय प्रतीक भन्ने काशीनाथ घिमिरे छन् । उनीहरुको साथबाट हातहतियार, खरखजना, बिष्फोटक पदार्थ, विप्लव समूहको दस्तावेज र बन्दोवस्तीका सामानहरु बरामद भएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धान र सोधपुछ गर्दा पक्राउ परेकामध्ये काशीनाथ घिमिरे विप्लव नेतृत्वको नेकपा पूर्वी कमाण्ड मेची÷कोशी व्यूरो चौथो कम्पनीका कम्पनी कमिशनर (पूर्व सप्तरी जिल्ला सेक्रेटरी) र विज्ञान राई पार्टीको साधरण सदस्य रहेको देखिएको प्रहरी उपरीक्षक खड्काले जानकारी दिनुभयो ।रासस
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend