Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गोलवर्षा गर्दै चेल्सी फाइनलमा


    बुधबार, माघ १० २०८०
    860
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। दोस्रो लेगमा मिडल्सब्रोमाथि गोलवर्षा गर्दै चेल्सी काराबाओ कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा चेल्सी ६–१ गोलले विजयी बन्दै समग्रमा ६–२ गोल अन्तरले विजयी बनेको हो ।

    च्याम्पियनसिप टोलीले पहिलो लेगमा चेल्सीमाथि १–० को अप्रत्याशित नतिजा निकालेको थियो । तर, घरेलु मैदानमा चेल्सीले शानदार प्रदर्शन गर्न सफल भयो ।

    पहिलो हाफमा नै चेल्सीले ४ गोल गरेको थियो । जोनी होसनले आत्मघाती गोल गरे भने इन्जो फर्नान्डेज, एक्सल डिसासी र कोल पाल्मरले एक–एक गोल थपे ।

    दोस्रो हाफमा पाल्मरले अर्को गोल थपे भने नोनी माडुएकेले आधा दर्जन गोल पुरा गरे । खेलको अन्त्यमा मोर्गन रोजर्सले मिडल्सब्रोका लागि सान्त्वना गोल गरे ।

    अब चेल्सीले फाइनलमा खेलमा लिभरपुल र फुलह्यामबिचको विजेतासँग भिड्नेछ । फाइनल खेलमा फेब्रुअरी २५ मा वेम्बलीमा खेलिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार