Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सत्ताका लागि संसारभरी नै मारामार छ: सभापति देउवा


    मंगलबार, माघ ९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसारभर नै सत्ताका लागि मारामार भएको बताएका छन्। नेपाली कांग्रेस कास्कीको सम्मेलनलाई आज सम्बोधन गर्दै देउवाले यस्तो बताएका हुन् ।

    सभापति देउवाले भने, ‘सत्ता सबैलाई आवश्यक छ, सत्ताका लागि संसारभरी नै मारामार छ ।’ उनले अहिलेको संविधान अनुसार कुनै पनि पार्टीको बहुमत आउन नसक्ने दाबी गरे। यस्तै उनले सबैभन्दा ठूलो जनता भएकाले जनसेवामा खटिन सबैलाई आग्रह गरे ।

    ‘सबैभन्दा ठूलो कुरा जनता हो । जसले जनताको सेवा गर्छ, जो जनप्रिय हुन्छ त्यो मात्रै अगाडि जाने हो । जनता हो मालिक यो देशको,’ उनले भने, ‘जनतामा जानुस्, यहाँ कसैलाई विरोध गरेर कोही ठूलो हुँदैन ।’

    सभापति देउवाले कांग्रेस मास बेस्ड पार्टी नै भएकोले सदस्यता लगायत विषयमा भएको विवाद समाधान गर्ने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार