काठमाडौं। सेयर बजार आज पनि घटेको छ। दुई दिन लगातार ओरालो लागेको उक्त सेयर बजारले आज पनि सोही यात्रालाई निरन्तरता दिएको हो । साताको पहिलो कारोबार दिन आइतबार २५ अंक र दोस्रो कारोबार दिन सोमबार ३१ अंकले घटेको नेप्से आज ०.४० अंकले घटेर २०९८.२९ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स ०.०५ प्रतिशतले घटेको छ।
सेयर बजार घटेसँगै कारोबार रकम पनि सोमबारको तुलनामा घटेको छ। यसदिन ३१० कम्पनीको १ करोड १८ लाख १ हजार ३६० कित्ता सेयर ४ अर्ब २९ करोड ४५ लाख ६६ हजार ७५१ रुपैयाँमा खरिदबिक्री भए। सोमबार ६ अर्बमाथिको सेयर कारोबार भएको थियो। त्यसअघि आइतबार ७ अर्ब ६७ करोड बढी मूल्यको सेयर कारोबार भएको थियो।
सामान्य अंकले घटेको बजारमा दुई कम्पनीको मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भयो। चन्द्रगिरि हिल्सको १० र नेपाल लुबे ओइलको ९.९९प्रतिशतले सेयर मूल्य बढेको हो।
यसदिन मिड सोलु हाइड्रोपावरका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको ६.२० प्रतिशतले घट्यो।
कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स ५५ करोडको कारोबार गरी शीर्षस्थानमा रह्यो। यसैगरी अपी पावरको १८ करोड,एनआरएन इन्फ्रास्टक्चरको १३ करोड,नगदी ग्रुपको ११ करोड र सोनापुरको १० करोड मूल्य बराबरको सेयर कारोबार भयो।
त्यस्तै कारोबारमा आएका उपसमूहमध्ये ६ वटाको मूल्य बढ्यो भने ७ को मूल्य घट्यो। आज १०३ कम्पनीको मूल्य बढ्दा १३७ वटाको घट्यो भने ८ को मूल्य स्थिर रह्यो।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend