Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • मुकेश चौरसियाको हत्यारालाई कारबाही हुन्छ : प्रभु साह


    बुधबार, कार्तिक १२ २०७७
    1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष प्रभु साहले पर्साको विन्दवासिनी गाउँपालिका कमिटी सचिव मुकेश चौरसियाको हत्याको जाहेरी छिटै दर्ता हुने विश्वास व्यक्त गरेका छन् । 

    आज (बुधवार) रौतहटको गुजरा नगरपालिका–४, जंगलसैयामा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष साहले मुकेश चौरसियाको वास्तविक हत्यारालाई कसैले बचाउन नसक्ने जिकिर गरे ।

    पार्टीको आन्तरिक विवादको कारण नेताले ज्यान गुमाउनुपर्ने स्थिति आउनु दुःखद भएको बताउँदै उनले पानी मुनि गएपनि अपराधी बच्न नसक्ने र कोही निर्दोषलाई फस्न नदिने बताए । पार्टी प्रदेश कमिटीले विवादित कार्यक्रम नगर्न निर्देश दिएपनि जबरजस्ती कार्यक्रम गरेकोमा अध्यक्ष साहले दुख व्यक्त गरे ।

    ‘पर्साको जिल्लाको विन्दवासिनी गाउँपालिकामा विवादका कारण गाउँ कमिटी सचिव कमरेड मुकेश चौरसियाको निधन भएको कुरा यहाँहरुलाई जानकारी भएकै विषय हो । प्रदेश कमिटीले कुनै पनि विवादित कार्यक्रम नगर्न भने पनि त्यसको ठिक विपरीत कार्यक्रम हुनु र त्यसमा पनि नेताले ज्यान गुमाउनुपर्ने यो स्थिति दुःखद हो । प्रहरी प्रशासनले कमरेड मुकेशको हत्या भएको यति दिन भइसक्दा पनि जाहेरी दर्ता नगर्नु त्यसभन्दा दुःखद कुरा हो । घटना जस्तो जघन्य अपराधको विषयमा राज्य संवेदनहीन भएर प्रस्तुत हुन मिल्दैन’ अध्यक्ष साहले भने, ‘तर म स्पष्ट पार्न चाहन्छु कि अब कमरेड मुकेशको हत्याको जाहेरी दर्ता हुन्छ । उहाँको हत्यारा पानीमुनि गएर लुकेपनि कसैले बचाउन सक्दैन । र कोही पनि निर्दोषलाई फसाउने मनसाय पनि पूरा हुन दिन्नौ । हामी सोही अनुसार छलफलमा छौँ ।’

    ‘पार्टीभित्रको आन्तरिक विवादको कारण त्यस्तो भएको हो भनेर भनिएको छ । हामी छलफलमा छौँ । अबको दुई तीन दिनभित्र यसको हल निस्किन्छ । तर मृतकको लाश त्यस्तै राख्ने काम ठीक हुँदैन । राज्य पक्षले यसको संवेदनशीलता बुझ्नु जरुरी छ उनले थपे ।

    गाउँ कमिटीको सपथ ग्रहण कार्यक्रममा झडप हुँदा घाइते भएका मुकेश चौरसियाको उपचारको क्रममा मृत्यु भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार