Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बागमतीका मुख्यमन्त्री पौडेलबिरुद्ध अविश्वास प्रस्ताव ल्याउने तयारी  !


    बुधबार, कार्तिक १२ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • डोरमणि पौडेल र नारायण दाहाल

    काठमाडौं । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीका बिरुद्ध अविश्वास प्रस्ताव ल्याएपछि नेपाल कम्युनिष्ट पार्टीभित्र त्यसले ठूलै पराकम्प ल्यायो । अन्ततः अविश्वास प्रस्तावका पक्षमा लागेका सांसदहरुमध्ये ७ जनाले हस्ताक्षर फिर्ता लिएपछि मुख्यमन्त्री शाहीको पद जोगिएको छ । कर्णाली प्रदेशमा ल्याइएको अविश्वास प्रस्ताव यमलाल कँडेलहरुको सत्तालिप्साका कारण उत्पन्न भएको थियो ।

    कर्णाली प्रदेश सरकार बिरुद्ध नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीनिकट कँडेलहरुले ल्याए पनि त्यसमा पूर्वमाओवादी खेमाले पनि साथ दिएको थियो । मुख्यमन्त्री शाहीको हैकमवादी प्रवृत्तिका कारण पनि पूर्वमाओवादी खेमाका केही नेताले पनि कँडेललाई साथ दिन पुगेका थिए । 
    कर्णालीको अविश्वास प्रस्तावको ताप दशैंको मौकामा सेलाउँदै गए पनि नेकपाका बागमती प्रदेश अध्यक्ष नारायण दाहालले चितवनका पूर्वएमाले नेताहरुलाई ‘नैतिकता’को पाठ पढाउन थालेका छन् ।

    दाहालले केपी ओलीले कर्णाली प्रदेशमा पार्टी एकताको भावना र नैतिकता नै बिर्सेर अविश्वास प्रस्ताव ल्याएकाले आफूहरुले पनि बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलका बिरुद्ध हस्ताक्षर तयार राखेको भन्दै कागज देखाउन थालेका छन् । ‘कर्णालीमा ओली पक्षले नैतिक काम गरेनन्, हामीले बागमती प्रदेशका मुख्यमन्त्री पौडेलका बिरुद्ध मन्त्रीसमेतको हस्ताक्षर गराएर अविश्वास प्रस्ताव दर्ता गर्न तयारी अवस्थामा राखेका छौ । हाम्रा मन्त्रीहरुको राजीनामा समेत लिएर राखिएको छ । जुनसुकै बेला पनि हाम्रा मन्त्री राजीनामा दिन तयार छन् ।’ दाहालले अहिले चितवनमा दैनिकजसो नेकपा नेताहरुलाई यस्तै भन्दै हिंडिरहेका छन् ।

    दाहालले पहिलो नम्बरमा अष्टलक्ष्मी शाक्य, दोस्रोमा राजेन्द्र पाण्डे र तेस्रोमा आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमकट्टेलको हस्ताक्षर रहेको भन्दै कागज गोजीबाट झिक्दै चितवन नेकपाका नेताहरुलाई देखाउन थालेका छन् । ‘नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भाइ दाहालले ‘नैतिकताको पाठ’ सिकाउन थालेपछि पूर्व माओवादी समेतले त्यसलाई पचाउन सकिरहेका छैनन्, पूर्वएमालेले त पचाउन सक्ने कुरै भएन ।’ चितवन नेकपाका एक नेताले भने–‘२०६४ मा माओवादी शान्ति प्रक्रियामा आएदेखि अहिलेसम्म नारायण दाहाल र उनका छोरा समीरले जति सत्ताबाट लाभ अरु कसैले लिएनन्, अहिले उनैले नैतिकताको पाठ सिकाउँदा असहज हुँदोरहेछ ।’

    हेलिकोप्टरको यात्रा, पौडेलको अलोकप्रिय काम

    बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले कोरोना पुष्टी नहुँदै हेलिकोप्टरबाट काठमाडौंमा जानुलाई पनि नेकपाभित्र अलोकप्रिय काम गरेको टिप्पणी हुने गरेको छ । हेटौडाबाट गाडीमै ३ घन्टामा काठमाडौं पुग्न सकिने अवस्थामा राज्यको बजेट दुरुपयोग गरी काठमाडौंमा हेलिकोप्टरमा जानु हुँदैनथ्यो भन्ने नेकपाका नेता कार्यकर्ताको मत  छ । तर ७३ बर्षको बृद्ध उमेर भएकाले कोरोनाको लक्षण देखिनासाथ उनी काठमाडौंमा हेलिकोप्टर मगाएर आएका थिए । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार