काठमाडौं। आज साताको पहिलो कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ विन्दुमा कायम भएको हो। सेन्सेटिभ इण्डेक्स १.८८ प्रतिशतले घटेको छ।
आज ३०८ स्क्रिप्सको २ करोड २८ लाख २० हजार २७९ कित्ता सेयर ७ अर्ब ६७ करोड ७७ लाख ४० हजार ५८ रुपैयाँमा खरिदबिक्री भए। दोहोरो अंकले ओरालो लागेको बजारमा आँखु खोला जलविद्युत,समाज लघुवित्त वित्तीय,हिमालयन लघुवित्त,मिड सोलु हाइड्रोपावर र शिव श्री हाइड्रोपावर कमाउने शीर्ष पाँचभित्र परे।
यसदिन सीईडीबी हाइड्रोपावर डेभलपमेन्टका लगानीकर्ताले भने गुमाए। सो कम्पनीको सेयर मूल्य ८.२७ प्रतिशतले घट्यो। कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स शीर्षस्थानमा रह्यो। सो कम्पनीको ५६ करोड बढी मूल्यको सेयर कारोबार भयो।
हिमाल दोलखा हाइड्रोपावरको २२ करोड,अपी पावरको २० करोड,नेपाल रिइन्स्योरेन्सको २० र सोनापुरको १९ करोड बढी मूल्यको सेयर कारोबार भयो।
१३ वटा उपसमूहमध्ये ११ को सूचक घट्दा दुईवटाको मात्रै बढ्यो। हाइड्रोपावरको ०.२० र अदर्श उपसमूहको सूचक १.३८प्रतिशतले बढेको हो।
११७ कम्पनीको मूल्य घट्दा ६४ वटाको मात्रै मूल्य बढ्यो भने ६ कम्पनीको मूल्य स्थिर रह्यो।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend