Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सभामुख घिमिरेले संसदीय समितिका सभापतिसँग छलफल गर्दै


    आइतबार, माघ ७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले विषयगत समितिका सभापतिहरुसँग आज छलफल गर्ने भएका छन्। घिमिरेले आज बिहान ११ बजे प्रतिनिधिसभाअन्तर्गत रहेका सबै समितिका सभापतिहरुलाई छलफलमा बोलाएको सभामुखका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए।

    अधिकारीले भने,‘आज उहाँले कार्यकक्षमा प्रतिनिधि सभाका विषयगत समितिका सभापतिहरूसँग छलफल गर्दै हुनुहुन्छ । समितिमा रहेका विधेयकहरुको अवस्था लगायतका विषयमा छलफल हुनेछन्।’

    सरकारले माघको तेस्रो साता संसद अधिवेशन बोलाउने तयारी गरेको छ। सरकाले सङ्घीय संसद्मा विनियोजन विधेयक (वार्षिक बजेट) प्रस्तुत हुनुभन्दा तीन महिनाअगावै बजेटका सिद्धान्त तथा प्राथमिकता पेश गरिसक्नुपर्ने व्यवस्थासहित अध्यादेशमार्फत ऐन संशोधन गरेको छ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार