एजेन्सी। मध्य चीनको हेनान प्रान्तको एक विद्यालयको छात्रावासमा भएको आगलागीमा परी कम्तीमा १३ जनाको ज्यान गएको छ ।
अस्पतालमा उपचाररत एक जनाको अवस्था अहिले स्थिर रहेको बताइएको छ।
चीनको आधिकारिक समाचार एजेन्सी सिन्ह्वाले शुक्रबार राति हेनान प्रान्तको एउटा गाउँमा रहेको साना बालबालिकाको विद्यालयमा उक्त घटना भएको जनाएको छ।
अङ्ग्रेजी दैनिक चाइना डेलीका अनुसार निजी संस्थाद्वारा सञ्चालित यो विद्यालय नर्सरी र प्राइमरी कक्षाका बालबालिकाका लागि हो।
यस विद्यालयका सञ्चालकलाई नियन्त्रणमा लिएर यस विषयमा अनुसन्धान भइरहेको छ। आगलागीमा परी ज्यान गुमाउनेहरूको परिचय र आगलागीको कारण पनि खुलाइएको छ।
सिन्ह्वाका अनुसार दमकललाई खबर गरेको एक घण्टाभित्र आगो निभाइएको थियो।
चीनमा आगलागीका घटना बारम्बार हुने गरेका छन्।
नोभेम्बर २६ मा साङ्सी प्रान्तको लुलियाङ सहरमा रहेको एउटा कार्यालयमा आगलागी हुँदा २६ जनाको मृत्यु भएको थियो।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend