Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादी केन्द्रको अध्यक्षबाट गोपाल किरातीले दिए राजीनामा


    मंगलबार, कार्तिक ११ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले पार्टी अध्यक्षबाट राजीनामा दिएका छन् । पार्टीभित्र अल्पमतमा परेपछि किरातीले राजीनामा दिएका हुन्। उनको राजीनामापछि वरिष्ठ उपाध्यक्ष तिलक थापामगरलाई पार्टी अध्यक्षको जिम्मेवारी दिइएको छ। 

    तत्कालिन नेकपा माओवादी केन्द्रले तत्कालिन नेकपा एमालेसँग एकीकरण गरेपछि किराती लगायतले माओवादी केन्द्र पार्टी पुनर्गठन गरेका थिए । किरातीले झण्डै तीन वर्ष पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।

    किरातीले स्वास्थ्यका कारण ध्यक्षको जिम्मेवारी छोडेको महासचिव कर्णजित बुढाले बताए। 

    मंसिर पहिलो साता पार्टीको केन्द्रीय कमिटी बैठकले नयाँ नेतृत्व चयन गर्ने बुढाले बताए । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार