काठमाडौं । आज साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारको परिसूचक नेप्से ७ अंकले ओरालो लागेको छ । यस दिन बजारमा उच्च उतारचढाव देखियो ।
बिहान ११ : १४ बजे बजारको परिसूचक नेप्से २१३३ विन्दुसम्म झरेको थियो । उतारचढावका बीच दिउँसो २ : ३४ बजे २१६७ विन्दुसम्म पुगेको बजार अन्ततः बन्द हुँदा २१५५ विन्दुमा कायम भयो, जुन अघिल्लो दिनको तुलनामा ७.२४ अंक कमी हो ।
परिसूचक नेप्से घट्दा कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ९ अर्ब ७६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा बिहीबार ८ अर्ब १७ करोडमा खुम्चियो । यस दिन हाइड्रोपावरसहित ३ समूह बढे । अन्य सबैभन्दा धेरै १.३० प्रतिशत बढ्यो भने हाइड्रोपावर ०.७९ र फाइनान्स ०.२० प्रतिशत बढे । होटल समूह सबैभन्दा धेरै १.४ प्रतिशत घट्यो । बैंकिङ ०.६४, विकास बैंक ०.६५, लगानी ०.७५, जीवन बीमा ०.५२, उत्पादन १.२८, माइक्रोफाइनान्स १.०२, निर्जीवन बीमा १.१३ र ब्यापार समूह ०.८९ प्रतिशत घटे ।
समग्र बजार घट्दा पनि रिडी पावर, गणपति लघुवित्त वित्तीय संस्था, सिनर्जी पावर र माहुली लघुवित्तको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै सीईडीबी हाइड्रोपावरको ९.८ प्रतिशत बढ्यो । दोर्दी हाइड्रोपावरको ८.४, हिमालयन रिइन्स्योरेन्सको ८.४, इनिफिनिटी लघुवित्तको ७.९ प्रतिशत मूल्य बढ्यो । तेह्रथुम पावरको मूल्य सबैभन्दा धेरै ९.४ प्रतिशत घट्यो । ग्लोबल आईएमई लघुवित्तको ७.३, थ्रीस्टार हाइड्रोको ७.१, नेपाल वेयरहाउजिङको ५.७ प्रतिशत मूल्य घट्यो ।
यस्तै कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स, सोनापुर सिमेन्ट, ङादी ग्रुप, रिडी पावर र नेपाल वेयर हाउजिङ कम्पनी क्रमशः अगाडि रहे ।
काठमाडौं । शुक्रबार एकैदिन सुनको भाउ तोलामा ५ हजार ८ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला...
काठमाडौं। नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। बुधबार सुन प्रतितोला ५ हजार ४०० र चाँदी प्रतितोला ११० रुपैयाँले बढेको हो। नेपाल...
काठमाडौं। सरकारले अब हरेक दिन कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउँदै छ। मूल्य अभिवृद्धि कर ९भ्याट० र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका...
काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक वर्ष २०८३/८४ को बजेट कार्यान्वयनका लागि छलफल सुरु गरेका छन् । भर्खरै अर्थ मन्त्रालयको सुवर्ण हलमा बजेट...
काठमाडौं । नेपाल आयल निगमले उपभोक्ताहरुलाई भरी सिलिन्डर ग्याँस उपलब्ध गराउने भएको छ । अमेरिका–इरान तनावपछि निगमले २०८२ फागुन २९ गतेदेखि आधा सिलिन्डर (७.१...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend