Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उर्जामन्त्री पुनले रोल्पा पठाए  स्वास्थ्य सामग्री


    सोमबार, चैत्र २४ २०७६
    655
    Shares
  • २ मिनेट पाठ
  •  काठमाडौं, २४ चैत। कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि अत्यावश्यक स्वास्थ्य सामग्री ऊर्जा, जलश्रोत ताथ सिँचाइमन्त्री वर्षमान पुन अनन्तले काठमाडौंबाट गृह जिल्ला रोल्पामा  पठाएका छन् ।

    चिकित्सक र स्वास्थ्यकर्मीले प्रयोग गर्ने व्यक्तिगत सुरक्षा सामग्री (पीपीई), मास्क, सेनिटाइजर र पञ्जालगायत अत्यावश्यक स्वास्थ्य सामग्री सोमबार मन्त्री पुनले पठाएका हुन् ।

    मन्त्री पुनले पीपीई सेट मात्र ११० थान पठाएका छन् । पर्याप्त पीपीईको अभावमा महामारीका बेला स्वास्थ्यकर्मीले जोखिम मोलेर काम गरिरहेका छन् ।

    यस्तै पञ्जा एक जहार थान, आधा लिटरको सेनिटाइजर १३ वटा र मास्क एक हजार थानसमेत रोल्पा पठाइएको छ ।
    ती स्वास्थ्य सामग्री जिल्ला अस्पतालसहित सबै स्थानीय स्वास्थ्य संस्थामा वितरण गरिने मन्त्री पुनले बताए ।

    रोल्पाका सबै १० वटै पालिकामा ती सामग्री पुग्नेछन् । जिल्लामा स्वास्थ्य सामग्रीको अभाव भएको गुनासो आएपछि मन्त्री पुनको पहलमा ती सामग्री संकलन गरिएको हो ।

    जिल्लाबाट संघीय संसदमा प्रत्यक्ष निर्वाचित सांसदका हैसियतमा आपतका समयमा मदतासँगै रहेको सन्देश दिन मन्त्री पुनले ती सामग्री जिल्ला पठाएका हुन् ।

    यसअघि पहिलो चरणमा मन्त्री पुनले नै पठाएको ४० थान पीपीई, ४ हजार थान मास्क र १० थान इन्फ्रारेड थर्मोमिटरलगायत स्वास्थ्य सामग्री जिल्लाका एक नगरपालिका र ९ गाउँपालिकामार्फत सम्बन्धित स्वास्थ्य संस्थाहरुमा पुगिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार