Nepal Face
  • शुक्रबार, २१ कार्तिक २०८३
  • चौरसिया हत्या प्रकरणः अध्यक्ष दाहालद्धारा दोषीलाई  तत्काल कारबाही गर्न माग


    आइतबार, कार्तिक ९ २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • मृतक मुकेश चौरसिया

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का पर्सा जिल्ला कमिटी सदस्य तथा बिन्दबासिनी गाउँपालिकाका सचिव मुकेश चौरसियाको हत्या प्रकरण झन् झन् जटिल बन्दै गएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पर्सा पार्टी जिल्ला सदस्य चौरसियाको हत्यामा संलग्नलाई तत्काल कानूनी कारबाहीको दायरामा ल्याउन माग गर्नुभएको छ । अध्यक्ष दाहालले आज विज्ञप्ति जारी गर्दै दोषी जोसुकै भए पनि कारबाही गर्न माग गर्नुभएको हो ।

    यही कात्तिक ६ गते पर्सा, विन्दवासिनी गाउँपालिका पार्टी कमिटीको शपथ ग्रहण कार्यक्रममा नेकपा पर्सा जिल्ला समिति सदस्य तथा गाउँपालिका सचिव चौरसियाको हत्या भएको थियो । अध्यक्ष दाहालले चौरसियालाई शहीद घोषणा गर्न तथा हत्यारालाई कारवाही गर्न माग गर्दै पार्टी जिल्ला कमिटीका इञ्चार्ज, अध्यक्ष र सचिवका तर्फबाट जारी वक्तव्यको समर्थनसमेत गर्नुभएको छ ।
     
            “हत्या जस्तो जघन्य अपराध हुँदासमेत अनुसन्धानसँग सम्बन्धित स्थानीय निकायले मुद्दा दर्ता गर्न आनाकानी गर्नु आश्चर्यको विषय बनेको छ”, अध्यक्ष दाहालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “म केन्द्र सरकारलाई अविलम्ब दोषीमाथि कारबाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गर्दै मृतकप्रति श्रद्धाञ्जलि र शोकाकूल परिवारजनमा समवेदना प्रकट गर्दछु ।”

    यसअघि नेकपाका बरिष्ट नेता माधवकुमार नेपालले पनि चौरसियाका हत्यारामाथि कारबाही गर्न माग गर्दै विज्ञप्ति सार्वजनिक गरिसकेका छन् । चौरसियाको हत्या भएको ४ दिन बितिसक्दा पनि प्रहरीले जाहेरी लिन इन्कार गर्दैआएको छ । आइतबारमात्रै नेकपा नेता मातृका यादवले प्रधानमज्त्री ओलीले चौरसियाको हत्याबिरुद्धको जाहेरी लिन नदिएको आरोप लगाएका छन् । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार