Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माओवादीले गर्‍यो दुई वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही


    बुधबार, माघ ३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा (माओवादी केन्द्र) ले पार्टीका दुई जना वैकल्पिक केन्द्रीय सदस्यलाई कारबाही गरेको छ।

    गत शनिबार बसेको स्थायी कमिटी बैठकले वैकल्पिक केन्द्रीय सदस्यहरू विरू तामाङ (सुदीप) र उमा विकलाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको हो।

    यस्तै माओवादीले वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीलाई भने स्पष्टीकरण सोधेको जनाएको छ। गोरखबहादुरले गत मंसिरमा भूकम्प प्रभावितका लागि राहत लिएर गएको चिनियाँ टोलीलाई जाजरकोटमा कुटपिट गरेको उजुरी आएकाले स्पष्टीकरण सोधिएको हो।

    यता भक्तपुरका तामाङ पछिल्लो समय मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँगै हिँडेको भन्दै माओवादीले कारबाही गरेको हो।

    साथै कपिलवस्तुकी विक नेकपा (एमाले) मा प्रवेश गरेकी थिइन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार