Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • मधेश सरकारले आज स्वाभिमान दिवस मनाउँदै


    बुधबार, माघ ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । मधेश प्रदेश सरकारले आज स्वाभिमान दिवस मनाउँदैछ ।आजकै दिन प्रदेशको नामाकरण ‘मधेश’ र राजधानी जनकपुरधाम पारित भएकोले स्वाभिमान दिवस मनाउन लागिएको हो ।

    गत बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले माघ ३ गतेको दिनलाई स्वाभिमान दिवस मनाउने निर्णय गरेको थियो ।

    आजै मधेश सरकारले जनकपुरधामस्थित महेन्द्र नारायाण निधि मिथिला संस्कृति केन्द्रमा बिहान ११ बजे स्वाभिमान दिवस मनाउने र त्यहीँ मुख्यमन्त्री सरोजकुमार यादवको एक वर्षे कार्यकालको प्रमुख कार्यविवरण सार्वजनिक गर्ने कार्यक्रम आयोजन गरेको बताइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार