काठमाडौं। चालू आर्थिक वर्षको दोस्रो त्रैमासको अन्तिम दिन आइतबार सेयर बजारमा उच्च अंकको सुधार आएको छ। साताको पहिलो दिन समेत रहेको आइतबारको कारोबारमा नेप्से परिसूचक ३१.६२ अंकले बढेको हो। नेप्से १.५१ प्रतिशतले बढेर २१२०.६२ अंकमा पुगेको दिन सेन्सिटिभ इन्डेक्स ४.०२ अंकले बढेर ३८८.१७ अंकमा पुगेको छ।
कारोबार सुरु भएको केही मिनेटमै उच्च सुधार आएयता दिनभर सकारात्मक नै रहेर नेप्सेले सुधार आत्मसाथ गरेको हो। सोक्रममा २ सय ११ कप्पनीको सेयर मूल्य बढेका छन् भने ३३ वटाको घटेका छन्। यता माछापुच्छ्रे बैंक, मितेरी डेभलपमेन्ट बैंक र राष्ट्रिय बीमा कम्पनीको मूल्य यथावत रहे।
यसक्रममा ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। थप ६ कम्पनीको मूल्य करिब १० प्रतिशतले बढेको छ। सर्वाधिक कमाउनेहरू हिमालयन पावर, कालिका पावर, तेह्रथम पावर, मध्यभोटेकोशी जवि र माथिल्लो मैलुङ खोला जवि रहे।
बढेको बजारमा मेगा म्युचुअल फन्ड १को इकाइ मूल्य सर्वाधिक घट्यो। निर्धन उत्थान लघुवित्त, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २, एनआईसी एशिया फ्लेक्सी क्याप फन्ड र सनराइज ब्लुचिपका लगानीकर्ता पनि बढी गुमाउनेको शीर्ष ५ मा परे।
दिनभर ५ अर्ब ४५ करोडको सेयर किनबेच भएको छ। ९४ हजार ५ सय २६ कारोबारमार्फत् कुल ३ सय १४ स्क्रिप्टका १ करोड ६६ लाख ५ हजार २ सय ३४ इकाइ सेयर किनबेच भएको हो। कारोबार रकम गत बिहीबारको तुलनामा १ अर्ब १५ करोड बढी हो। बिहीबार नेप्से ०.६२ अंकले घटेकामा दिनभर ४ अर्ब ३० करोडको सेयर किनबेच भएको थियो।
आइतबार सबैभन्दा बढी सेयर किनबेच नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भएको छ। कम्पनीको ३५ करोड ६८ लाखको संस्थापक सेयर किनबेच हुँदा सोनापुर मिनिरल्स एन्ड आयलको २४ करोड ३ लाखको सेयर कारोबार भयो। कारोबार रकमको आधारमा हाथवे इन्भेस्टमेन्ट, अरुण भ्यालि हाइड्रो र अरुण कावेली पावर पनि शीर्ष ५ मा अटाए।
काठमाडौं । नेपाली बजारमा आज मंगलबार सुनको भाउ तोलामा ३ हजार ५ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको...
काठमाडौं । सिङ्गो देश प्राकृतिक विपत्तिको मारमा परेको बेलामा खाना पकाउने एलपी ग्याँसमा सरकारले मूल्यबृद्धि गरेको छ । विगत २ महिनादेखि ग्याँस सहज आपूर्ति...
काठमाडौं । नेपाली बजारमा पछिल्लो समय निरन्तर बढेर उच्च मूल्य तिर लागेको सुनको भाउ ओरालो लाग्न थालेको छ। सोमबार सुनको मूल्य प्रतितोला २ हजार...
काठमाडौं। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टा अवधिमा एक अर्ब ९१ करोड रुपैयाँभन्दा बढी सहयोग रकम संकलन भएको छ। अर्थ मन्त्रालयलाई प्राप्त विवरणअनुसार बुधबार...
काठमाडौँ। बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि एक्स्ट्रिम इनर्जी ड्रिङ्क्सले घोषणा गरेको १ करोड सहयोग आज नेपाल सरकारका अर्थमन्त्रीलाई हस्तान्तरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend