पर्सा । नेपाल कम्युनिष्ट पार्टीका पर्सा जिल्ला कमिटी सदस्य मुकेश चौरसिया हत्याकाण्डले उग्ररुप लिन थालेको छ । २०७७ कात्तिक ६ गते बिन्दबासिनी गाउँपालिकाकाको शपथग्रहण कार्यक्रमममा चौरसियामाथि आक्रमण भएको थियो । गम्भीर घाइते उनको उपचारको क्रममा शुक्रबार निधन भएको थियो । चौरसिया सो गाउँपालिकाका पार्टी सचिव पनि हुन् ।
नेकपाका बरिष्ठ नेता माधवकुमार नेपालले चौरसियाको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । शुक्रबारै सामाजिक संजालमा नेता नेपालले लेखेका छन्–‘सामाजिक सञ्जालमा चौरसियाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै पार्टी कार्यक्रममा आफ्नै कामरेडको हत्या गर्ने गराउने व्यक्ति वा समूह जुनसुकै आवरणमा बसेको भए पनि कडा कारबाही गर्न सरकारसँग माग गरेका छन् ।
यसैबीच, चौरसिया हत्यामा संलग्न व्यक्तिलाई प्रधानमन्त्री केपी ओली शर्माले नै संरक्षण गरिरहेको पूर्वमन्त्री तथा नेकपाका स्थायी सदस्य मातृकाप्रसाद यादवले आरोप लगाएका छन् ।
शनिबार वीरगंजमा जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि दिएको धर्ना कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले यस्तो आरोप लगाएका हुन् । उनले न्यायको लागि आन्दोलन गर्ने र यसबाट उत्पन्न परिस्थितिको जिम्मेवारी स्थानीय प्रशासन, गृहमन्त्री र प्रधानमन्त्री ओलीले लिनुपर्ने बताएका छन् ।
प्रधानमन्त्री ओलीलाई लक्षित गर्दै नेता यादवले भने–‘घमण्ड र अहंकारले तानाशाही बनाउँछ र अन्ततः त्यस्ता मुलुकमा दम्भमा उन्माद भएका शासक कहीँँ पनि टिक्न सकेको छैन ।’ विरोध प्रदर्शनमा नेकपाका प्रदेश–२ का सह इन्चार्ज नागेन्द्र चौधरीले चौरसिया हत्याको घटना पार्टीको आन्तरिक मामिला नभएको स्पष्ट पारे ।
नेकपा पर्साका नेताहरूबीच आन्तरिक विवादका कारण अलग अलग शपथग्रहण कार्यक्रम हुँदै आएको थियो । नेकपा पर्साका नेताहरूका आन्तरिक गुटबन्दीले ठूलो विवाद भएपछि घटना घटेको नेताहरूले बताएका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साले नेकपा पर्साका जिल्ला सदस्य मुकेश चौरसियाको हत्यारा विरुद्ध मुद्दा दर्ता गर्नमा आनाकानी गरिरहेको छ । मृतक चौरसियाको परिवारजन किटानी जाहेरीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा दर्ता गराउन पुग्दा प्रहरीले आलटाल गरिरहेको आरोप छ ।
दोषीलाई तत्काल पक्राउ गरः नेपाली कांग्रेस
यसैबीच, नेपाली कांग्रेसले पर्साको विन्दावासनी गाउँपालिकाका नेकपा सचिव एवं नेकपा जिल्ला सदस्य मुकेश चौरसियाको हत्याको घटनाको छानबिन गर्न र दोषीलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न सरकारसँग माग गरेको छ ।
प्रहरीले दोषीमाथि कारबाही गर्नुको साटो पीडित पक्षको जाहेरीसमेत नलिएको र मृतकको शव अझैपनि अस्पतालमै रहेकोप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको नेपाली कांग्रेसले जनाएको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend