Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • प्रधानमन्त्रीबाट राष्ट्रिय सुरक्षामा खतरा देखे गगन थापाले


    शुक्रबार, कार्तिक ७ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीबाटै राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको बताएका छन् ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्था रिसर्च एन्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग कुटनीतिक मर्यादा विपरीत भेटवार्ता गरेको भन्दै सांसद समेत रहेका थापाले त्यस्तो गम्भीर आरोप लगाएका हुन् ।

    ‘परराष्ट्र मन्त्रालाय र नेपालको सुरक्षा निकायको अनुपस्थितिमा प्रधानमन्त्रीले विदेशी गुप्तचर प्रमुखलाई भेट्नु कूटनीतिक मर्यादा मात्र नभएर राष्ट्रिय सुरक्षाको विषय हो,’ थापाले शुक्रबार ट्वीटरमा लेखेका छन, ‘प्रधानमन्त्रीको यस्तो गैरराजनीतिक र विशुद्ध गुप्तचरसँग भएको ‘शिष्टाचर भेट’ माथि अनुसन्धान हुनुपर्छ । यस प्रकरणले प्रधानमन्त्रीबाट नै नेपालको राष्ट्रिय सुरक्षा थ्रेट देखाएको छ ।’

    उनले ट्वीटमार्फत् दुई पृष्ठ लामो वक्तव्य पनि जारी गरेका छन् । 

    यस्तो छ नेता थापाको वक्तव्य:-

    Ek_obSYUUAAzhhL.jpg

    2.jpg

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार