Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कर्णाली विवाद: मुख्यमन्त्री विरुद्धको अविश्वास प्रस्ताव बहुमतले अस्वीकृत


    शुक्रबार, कार्तिक ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। नेकपा कर्णालीको विवाद मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्धको प्रस्ताव अस्वीकृत भएसँगै अवतरण भएको छ। आज बसेको संसदीय दलको बैठकले शाहीविरुद्धको अविश्वासको प्रस्ताव बहुमतले अस्वीकृत गरेको हो।

    आजको बैठकमा मुख्यमन्त्री विरुद्धको अविश्वासको प्रस्तावको विपक्षमा १९ जना सांसद उभिएको बैठकमा सहभागी नेकपा प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले जानकारी दिए।

    उनका अनुसार अविश्वासको प्रस्तावको विपक्षमा अर्थात शाहीको समर्थनमा पूर्वमाओवादीका ११ जना र पूर्वएमालेका ८ जना सांसद उभिएका थिए।

    अविश्वासको प्रस्ताव दर्ता गर्ने ओली पक्षका ११ जना भने बैठकमा अनुपस्थित रहेका थिए। मतदान अघि अविश्वासको प्रस्तावमाथि छलफल गरिएको र त्यसलाई निर्णयार्थ प्रस्तुत गरिएको थियो।

    बैठक बस्नु भन्दा केहीबेर अघि नेकपाका अध्यक्ष केपी शर्मा ओलीले मुख्यमन्त्री शाहीलाई आफ्ना पक्षका गुलावजंग शाहीलाई प्रमुख सचेतकबाट निलम्बन गर्ने निर्णय फिर्ताका लागि आफू एक्लैले हस्ताक्षर गरी लिखित निर्देशन दिएको पत्र सार्वजनिक भएको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार