Nepal Face
  • आइतबार, १० साउन २०८३
  • साढे ३६ अङ्कले बढेर शेयर बजारमा हरियाली


    सोमबार, पुष २३ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाण्डाै। सोमबार सेयर बजारको परिसूचक नेप्से अघिल्लो कारोबार दिनको तुलनामा बढेको छ। शेयर बजार आज उच्च अङ्कले बढेको हो । यसदिन शेयर बजार परिसूचक नेप्से ३६ दशमलव ५७ अङ्कले बढेर दुई हजार ५९ दशमलव ४९ विन्दुमा पुगेको छ ।

    आज म्युचल फन्डबाहेक अरू सबै समूहको शेयर बढेकोमा जलविद्युत्, लगानी, फाइनान्स र अन्य समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

    आज आठ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आजदेखि कारोबारमा आएको हिमालयन रि–इन्सुरेन्सको शेयरमा पनि पहिलो दिन सकारात्मक सर्किट लागेको छ ।

    आज कुल एक करोड ३७ लाख कित्ता शेयर कारोबार भएकामा सबैभन्दा धेरै निफ्राकाे मात्रै पाँच लाख २६ हजार कित्ता शेयर खरिद/बिक्री भएकाे छ । आज चार अर्ब ६७ करोड ५२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल कम्पनीको २१ करोड ८४ लाख रुपैयाँको शेयर किनबेच भएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार