Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • माधव नेपालले पनि खण्डन गरे ‘रअ’ प्रमुखसँग भेटेको आरोप


    बिहिबार, कार्तिक ६ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ (रअ) का प्रमुख सामन्तकुमार गोयलसँग भेटेको आरोपको खण्डन गरेका छन् ।

    वरिष्ठ नेता नेपालले गोयलसँग आफ्नो भेटबारे आएका समाचार भ्रामक र झुठो रहेको उल्लेख गरेका छन् ।

    ट्वीटरमा उनले लेखेका छन्, ‘पूर्व प्रधानमन्त्री एवम् नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र रअका प्रमुखबीच भेट भएको भनी कतिपय सञ्चार माध्यममा झुट, कपोलकल्पित र भ्रामक समाचारहरू प्रकाशित भएकोमा त्यसको खण्डन गर्दै यस प्रकारका समाचारहरूबाट भ्रममा नपर्न सम्बन्धित सबैमा अनुरोध छ ।’

    अर्का पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि रअ प्रमुखसँग भेट नभएको जनाएका छन् । उनले सचिवालयले विज्ञप्ती नै निकालेको छ ।

    बुधबार दिउँसो नेपाल आएका रअ प्रमुख गोयल २१ घण्टा काठमाडौंमा बसेर बिहीबार बिहान भारत फर्किसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार