काठमाडौं, २४ चैत । यतिबेला विश्व समुदाय कोरोना भाइरस(कोभिड १९) सँग लडिरहेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वमा करिब ६९ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । १३ लाख हाराहारीमा कोरोना संक्रमण देखिएको छ ।
कोरोना भाइरसले ठूलो मानवीय क्षति गराइसकेको छ । कोरोना अहिले देखिएको खतरनाक भाइरस हो । तर यस्ता भाइरसहरु मानवजातिमाथि पटक पटक देखिने गरेको तथ्यांक अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेका छन् । यसअघि पनि विभिन्न नामका प्लेग, सास, जापानी फिबर ठूलो मानवीय क्षति गराएको इतिहासदेखिको तथ्य अनुसन्धानकर्ताहरुले निकालेका छन् । अनुसन्धानकर्ताहरुले सन् १६५ देखि अहिलेसम्म देखिएका भाइरस र तिनले भएको मानवीय क्षतिको विवरण निकालेका छन् । त्यतिबेला अहिलेजस्तो इन्टरनेटका कारण विश्व एकै ग्राम जस्तो नभएकाले एकीन तथ्यांक निकाल्न सहज थिएनहोला । अनुमानका आधारमा तथ्यांक निकालिएको हुनसक्छ । तर स्वाइन फ्लु, इबोला जस्ता भाइरसका कारण भएको मानवीय क्षति त हामीले नै भोगेका हौं । सन् १९८१ मा देखिएको एचआइभी/एड्सले पनि ३ करोड मानिसको ज्यान अहिलेसम्म लिइसकेको तथ्य हाम्रासामु छ । नेपालमा पनि बिफर जस्तो घातक महामारी झेलेर बाँचेको पुस्ता गालामा खत बोकेर जीवितै छ ।
यसअघि पनि देखिएको थियो कोरोना
जनस्वास्थ्यका जानकार मनोज भट्टका अनुसार सार्सको रुपमा कोरोना भाइरस सन् २००३ मा चीनको दक्षिणी प्रान्तमा पत्ता लागिसकेको हो । तत्कालीन समयमा यो भाइरस सायद जनावर वा पंक्षीबाट (चमेरो, बिरालो) बाट जनावर र मानिसमा सबै भन्दा पहिला दक्षिणी चिनको ग्याङजोङ प्रान्तमा सरेको देखिन्छ । एक अध्ययन अनुसार यो २६ देशमा फैलिएर सन् २००३ मा ८ हजार मानिसमा संक्रमण भएको देखिन्छ । यसका लक्षणहरु पनि रुघा, खोकी, ज्वरो, स्वास प्रश्वासमा समस्या, थकान, पखाला नै थिए ।
दुई हप्ता भन्दा बढी ज्वरो आउनु र ज्वरो पटक पटक आउनु र रोग प्रतिरोधात्क क्षमता कम भएका र बृद्ध मानिसहरुलाई यो रोग छिटो सर्ने संभावना थियो । सार्स भाइरस पनि शुरूमा सन् २००२ को नोभेम्बर मा चीनमा देखिएको हो । उक्त समयमा यो भाइरस किन अहिलेजस्तो फैलिन सकेन त ? विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सावधानी, स्वास्थ्य संस्थाको सजगता र अनुशासनको पालनाले थप संक्रमण हुनबाट जोगाएको थियो । तत्कालीन समयमा घुमफिर, हिंडडुल गर्नका लागि सजगता अपनाइएको र सास व्यक्तिबाट व्यक्तिमा नसरेको देखिन्छ । साथै विश्व स्वास्थ्य संगठनले समेत यो प्रमाणित गरिसकेको थियो । त्यही अनुसार जुन ठाउँबाट यो भाइरस शुरू भयो त्यहाँ जाँदा सावधानी अपनाउन डब्लुएचओले सुझाव दिएको देखिन्छ । हामीले डब्लुएचओको सुझाव मानेर सजगता अपनाएको भए कोरोना भाइरसले विश्व समुदायलाई चकित पार्ने थिएन । त्यसैले कोरोना भाइरसलाई हामीले बुझ्नुपर्छ र थप क्षति हुनबाट जोगिनुपर्छ । स्वास्थ्य विषयका विज्ञका सुझाव अवलम्बन गरी अनुशासन कायम गरी फेरि थप संक्रमित हुनबाट जोगिनुपर्दछ । यदि वातावरण मौसमी फ्लु पनि यो रोगकै रुपमा विकसित भए भने स्थिति भयावह हुनसक्छ र थप जटिल बन्न सक्छ । त्यसैले यसबाट बच्न स्वास्थ्य संस्थाको पूर्वाधारको विकासमा व्यापक र बृहत् तयारी गर्नुपर्दछ । र, विश्वव्यापी रुपमा स्वास्थ्यको क्षेत्रमा उच्च मनोबल बढाई सार्वजनिक महत्वका साथ स्वास्थ्यको संरचना निर्माण गर्नुपर्दछ ।
अहिलेसम्म देखिएका महामारी र मानवीय क्षति
सन् १६५ देखि १८० को १५ बर्षमा फैलिएको एन्टोनाइन प्लेगबाट करिब ५० लाख मानिसको मृत्यु भएको अनुसन्धानकर्ताहरुको दाबी छ । सन् ५४१ देखि ५४२ मा प्लेग अफ जष्टिनियनबाट करिब ३ देखि ५ करोड मानिसको मृत्यु भएको भनिएको छ । सन् १३१४ बाट १३५१ सम्म करिब ३६ बर्षमा ब्ल्याक डेथ(बुबोनिक प्लेग)बाट सबैभन्दा बढी २० करोड मानिसको मृत्यु भएको दाबी गरिएको छ । अहिलेसम्म देखिएका १७ पटक देखिएका भाइरसमध्ये सबैभन्दा बढी मानिसको मृत्यु भएको ब्ल्याक डेथ नै मानिएको छ । सन् १६५ देखि सन् २०२० जनवरीबाट सुरु भएको कोरोना भाइरस संक्रमणसम्म आइपुग्दा देखिएका भाइरसका कारण कति मानिसको ज्यान गयो त ? हेर्नुहोस्ः

काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend