Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विश्वमा अहिलेसम्म देखिएका महामारी र मानवीय क्षति


    सोमबार, चैत्र २४ २०७६
    2K
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं, २४ चैत । यतिबेला विश्व समुदाय कोरोना भाइरस(कोभिड १९) सँग लडिरहेको छ । महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण विश्वमा करिब ६९ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ । १३ लाख हाराहारीमा कोरोना संक्रमण देखिएको छ । 

    कोरोना भाइरसले ठूलो मानवीय क्षति गराइसकेको छ । कोरोना अहिले देखिएको खतरनाक भाइरस हो । तर यस्ता भाइरसहरु मानवजातिमाथि पटक पटक देखिने गरेको तथ्यांक अनुसन्धानकर्ताहरुले सार्वजनिक गरेका छन् । यसअघि पनि विभिन्न नामका प्लेग, सास, जापानी फिबर ठूलो मानवीय क्षति गराएको इतिहासदेखिको तथ्य  अनुसन्धानकर्ताहरुले निकालेका छन् । अनुसन्धानकर्ताहरुले सन् १६५ देखि अहिलेसम्म देखिएका भाइरस र तिनले भएको मानवीय क्षतिको विवरण निकालेका छन् । त्यतिबेला अहिलेजस्तो इन्टरनेटका कारण विश्व एकै ग्राम जस्तो नभएकाले एकीन तथ्यांक निकाल्न सहज थिएनहोला । अनुमानका आधारमा तथ्यांक निकालिएको हुनसक्छ । तर स्वाइन फ्लु, इबोला जस्ता भाइरसका कारण भएको मानवीय क्षति त हामीले नै भोगेका हौं । सन् १९८१ मा देखिएको एचआइभी/एड्सले पनि ३ करोड मानिसको ज्यान अहिलेसम्म लिइसकेको तथ्य हाम्रासामु छ ।  नेपालमा पनि बिफर जस्तो घातक महामारी झेलेर बाँचेको पुस्ता गालामा खत बोकेर जीवितै छ ।

    यसअघि पनि देखिएको थियो कोरोना

    जनस्वास्थ्यका जानकार मनोज भट्टका अनुसार सार्सको रुपमा कोरोना भाइरस सन् २००३ मा चीनको दक्षिणी प्रान्तमा पत्ता लागिसकेको हो । तत्कालीन समयमा यो भाइरस सायद जनावर वा पंक्षीबाट (चमेरो, बिरालो) बाट जनावर र मानिसमा सबै भन्दा पहिला दक्षिणी चिनको ग्याङजोङ प्रान्तमा सरेको देखिन्छ । एक अध्ययन अनुसार यो २६ देशमा फैलिएर सन् २००३ मा ८ हजार मानिसमा संक्रमण भएको देखिन्छ । यसका लक्षणहरु पनि रुघा, खोकी, ज्वरो, स्वास प्रश्वासमा समस्या, थकान, पखाला नै थिए । 
    दुई हप्ता भन्दा बढी ज्वरो आउनु र ज्वरो पटक पटक आउनु र रोग प्रतिरोधात्क क्षमता कम भएका र बृद्ध मानिसहरुलाई यो रोग छिटो सर्ने  संभावना थियो । सार्स भाइरस पनि शुरूमा सन् २००२ को नोभेम्बर मा चीनमा देखिएको हो । उक्त समयमा यो भाइरस किन अहिलेजस्तो फैलिन सकेन त ? विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार सावधानी, स्वास्थ्य संस्थाको सजगता र अनुशासनको पालनाले थप संक्रमण हुनबाट जोगाएको थियो । तत्कालीन समयमा घुमफिर, हिंडडुल गर्नका लागि सजगता अपनाइएको र सास व्यक्तिबाट व्यक्तिमा नसरेको देखिन्छ । साथै विश्व स्वास्थ्य संगठनले समेत यो प्रमाणित गरिसकेको थियो । त्यही अनुसार जुन ठाउँबाट यो भाइरस शुरू भयो त्यहाँ जाँदा सावधानी अपनाउन डब्लुएचओले सुझाव दिएको देखिन्छ । हामीले डब्लुएचओको सुझाव मानेर सजगता अपनाएको भए कोरोना भाइरसले विश्व समुदायलाई चकित पार्ने थिएन । त्यसैले कोरोना भाइरसलाई हामीले बुझ्नुपर्छ र थप क्षति हुनबाट जोगिनुपर्छ । स्वास्थ्य विषयका विज्ञका सुझाव अवलम्बन गरी अनुशासन कायम गरी फेरि थप संक्रमित हुनबाट जोगिनुपर्दछ । यदि वातावरण मौसमी फ्लु पनि यो रोगकै रुपमा विकसित भए भने स्थिति भयावह हुनसक्छ र थप जटिल बन्न सक्छ । त्यसैले यसबाट बच्न स्वास्थ्य संस्थाको पूर्वाधारको विकासमा व्यापक र बृहत् तयारी गर्नुपर्दछ । र, विश्वव्यापी रुपमा स्वास्थ्यको क्षेत्रमा उच्च मनोबल बढाई सार्वजनिक महत्वका साथ स्वास्थ्यको संरचना निर्माण गर्नुपर्दछ । 

    अहिलेसम्म देखिएका महामारी र मानवीय क्षति

    सन् १६५ देखि १८० को १५ बर्षमा फैलिएको एन्टोनाइन प्लेगबाट करिब ५० लाख मानिसको मृत्यु भएको अनुसन्धानकर्ताहरुको दाबी छ । सन् ५४१ देखि ५४२ मा प्लेग अफ जष्टिनियनबाट करिब ३ देखि ५ करोड मानिसको मृत्यु भएको भनिएको छ । सन् १३१४ बाट १३५१ सम्म करिब ३६ बर्षमा ब्ल्याक डेथ(बुबोनिक प्लेग)बाट सबैभन्दा बढी २० करोड मानिसको मृत्यु भएको दाबी गरिएको छ । अहिलेसम्म देखिएका १७ पटक देखिएका भाइरसमध्ये सबैभन्दा बढी मानिसको मृत्यु भएको ब्ल्याक डेथ नै मानिएको छ । सन् १६५ देखि सन् २०२० जनवरीबाट सुरु भएको कोरोना भाइरस संक्रमणसम्म आइपुग्दा देखिएका भाइरसका कारण कति मानिसको ज्यान गयो त ? हेर्नुहोस्ः

    \"\"

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार