काठमाडौँ। नेकपा (एकीकृत समाजवादी) ले सचिवालय बैठक बोलाएको छ।
अहिले बिहान पार्टी मुख्यालय आलोकनगरमा ७२ औं सचिवालयको बैठक बोलाइएको एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिए।
शनिबार दिउँसो बसेको ७१ औं सचिवालय बैठकले राष्ट्रिय सभाको उम्मेदवारको टुंगो लगाउने जिम्मा अध्यक्ष माधवकुमार नेपाल, उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव घनश्याम भूसालललाई दिएको थियो।
स्रोतका अनुसार आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक बसेको थियो। गठबन्धनको बैठकले सिट बाँडफाँटको टुंगो लगाएको छ।
राष्ट्रिय सभाको रिक्त १९ स्थानमध्ये नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र जनता समाजवादी पार्टी (जसपा)ले १ सिट लिने गरी गठबन्धन घटक दल सहमति नजिक पुगेको बताइएको छ। यद्यपि त्यसमा आफूहरू असन्तुष्ट रहेको उपाध्यक्ष राजेन्द्र पाण्डेले बताए।
बालुवाटार बैठकमा कुरा नमिलेपछि थप निर्णय लिन एकीकृत समाजवादीले आकस्मिकरूपमा सचिवालयको बैठक बोलाएको हो।
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend