Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लकडाउनमा काठ तस्करी बढ्यो 


    सोमबार, चैत्र २४ २०७६
    1.4K
    Shares
  • २ मिनेट पाठ
  • चितवन, २४ चैत । लकडाउनमा नागरिक सबै घरमा बसेका छन् । सुरक्षाकर्मी लकडाउन पालना गराउन सडक सडकमा तैनाथ छन् । यो मौकाको फाइदा काठ तस्करहरुले लिन थालेका छन् ।  पूर्वी चितवनको कालिका नगरपालिका वडा नम्बर ६ बाट प्रहरीले आइतबार अबैध काठ बरामद गरेको छ । कालिका ६ पाख्रीन टोलबाट आइतबार दिउँसो प्रहरीले अन्दाजी ६७ दशमलब १५ क्यूफिट सालको काठ बरामद गरेको हो ।

    इलाका प्रहरी कार्यालय टाँडीका प्रमुख प्रहरी नायव उपरिक्षक रविन कार्कीको कमाण्डमा खटिएको प्रहरी टोलीले पाख्रीन टोल निवासी सन्तविर पाख्रीनको घरपछाडीको गोठबाट अवैध सालको चिरान तथा गोलिया काठ बरामद गरेको प्रहरीले जनाएको छ ।

    यसैबीच, धादिङको ज्वालामुखी गाउँपालिकाबाट अवैध काठसहित काठ बोक्ने स्वराज ट्रक चैत २२ मा बरामद गरिएको छ  । लकडाउनको समयमा मानिसहरु घरभित्रै बसेकोअवस्थामा यसरी तस्करी गरिएको प्रहरील ेफेला पारेको  थियो । 

    प्रहरी चौकी मैदीबाट खटिएको प्रहरीले गस्ती गर्दै जाने क्रममा धादिङको ज्वालामुखी गाउँपालिका वडा नं १ को साविक मैदी र खरीको सिमानामा रहेको ढल्पु सामुदायीक बनबाट अवैध सालको काठ र ट्रक बरामद गरेको हो ।

    अबैध रुपमा चिरान गरेका ३७ थान ६० दशमलव ७३ क्यू फिट सालको काठ र बा ४ ख १७२७ नम्बरको स्वराज ट्रकलाई पक्राउ गरेको हो । काठ ओसार प्रसारमा संग्लन हुने र ट्रक चालक तथा धनी ज्वालामुखी गाउँपालिका २ का ३२ बर्षीय भीमबहादुर गुरुङ फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार