Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रियसभाको भागबण्डा टुंग्याउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै


    बिहिबार, पुष १९ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा भागबण्डा मिलाउन सत्ता गठबन्धनको बैठक बस्दै छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो ।

    बुधबार सत्ता गठबन्धनका प्रमुख चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादीको बैठक बसेको थियो । बैठकमा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रियसभा निर्वाचनमा प्रमुख प्रतिपक्ष नेकपा एमालेलाई पनि समेटेर जाने प्रस्ताव गरेका थिए ।

    राष्ट्रियसभाका २० सदस्यको कार्यकाल आगामी २० फागुनमा सकिँदै छ, जसमा राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनासहित ९ जना एमालेबाट निर्वाचित सदस्य छन् ।

    कार्यकाल सकिनुभन्दा एक महिना अघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्था भएकाले आगामी माघ ११ गते निर्वाचन हुँदैछ । त्यसका लागि यही पुस २३ गते मनोनयन दर्ता हुने भएको हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार