Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आज नेप्से २७ अंकले बढ्यो, ६ वटा कम्पनी सेयर मूल्यमा सर्किट !


    बुधबार, पुष १८ २०८०
    1.4K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । आज सेयर बजार परिसूचक नेप्से उकालो लागेको छ। बुधबार सेयर बजार परिसूचक नेप्से झण्डै २८ अंकले वृद्धि भएको छ ।

    यो साताको सुरुवाती दिनदेखिनै ओरालो लागिरहेको नेप्से सूचक बुधबार २७.९० अंकले बढ्दै २०५८ अंकमा उक्लिएको हो । अघिल्लो दिन नेप्से सूचक ३० अंकले घटेको थियो ।

    यस्तै आज क वर्गको सेन्सेटिभ इन्डेक्स समेत ३.७६ अंकले बढ्दै ३८४.२९ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

    यता कारोबार अघिल्लो दिन बराबरकै हुँदै ४ अर्ब ४ करोड ८८ लाख ५७ हजार रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता सेयर किनबेच भएको नेप्सेले जनाएको छ । अघिल्लो ३० अंकले नेप्से घटेको बजारमा ४ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको १ करोड ११ लाख ८५ हजार कित्ता सेयर दोस्रो बजारमा किनबेच भएको थियो ।

    त्यस्तै, आज १३ वटै उपसूचक धनात्मक हुँदै हरियाली छाएको छ । सबैभन्दा बढी हाइड्रोपावर समूहको उपसूचक ३.०८ प्रतिशतले बढेको छ भने होटल तथा पर्यटन समूहको उपसूचक २.७० प्रतिशतले, इन्भेटमेन्ट समूहको उपसूचक २.१४ प्रतिशतले र म्यानु एण्ड प्रो समूहको उपसूचक २.०८ प्रतिशतले बढेको छ । अन्य समूहको उपसूचकहरु २ प्रतिशत कमले बढेका छन् ।

    आज ६ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ भने दर्जन हाराहारी कम्पनीको मूल्य ८ प्रतिशतले माथिले बढेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार