Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना विरुद्धको लडाईँमा दृढ इच्छाशक्तिका साथ जुट्न नर्सिङ परिषद्को अपिल


    आइतबार, चैत्र २३ २०७६
    670
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौँ, २३ चैत । नेपाल नर्सिङ परिषद्ले कोरोनाभाइरस (कोभिड–१९) विश्वव्यापी महामारी विरुद्ध उच्च मनोबल र दृढ इच्छा शत्तिको साथ काम गर्न नर्सिङ्ग तथा मिडवाइफ क्षेत्रका स्वास्थ्यकर्मीहरुलाई अपिल गरेको छ । कोरोनाभाइरस ९कोभिड–१९० विरुद्धको लडाई  मानव जातिको रक्षाको लडाई भएको उल्लेख गर्दै उच्च सतर्कतासहित कार्यक्षेत्रमा खट्न परिषद्ले अपिल गरेको हो । 

    परिषद्की रजिष्ट्रार विन्दा घिमिरेले आइतबार विज्ञप्ति जारी गर्दै नर्सिङ तथा मिडवाइफ क्षेत्रका स्वास्थ्यकमीहरुले ‘हामी आफू बाँचौं र अरूलाई बचाऔं’ भन्ने भावनाको साथ कार्यक्षेत्रमा डटेर लाग्नुपर्ने अवस्था आएको बताएकी छन् । कोभिड–१९को कारण ठूलो त्रासदी र पीडादायी अवस्थाबाट गुज्रिरहेको मानव समाजको रक्षाको निम्ती यो क्षेत्रले आफ्नो अधिकतम् योगदान दिनुपर्ने अवस्था आएको उनको भनाइ छ । 

    परिषद्ले आजको विषम परिस्थितिमा पनि नर्सिङ एवं मिडवाइफ जनशक्तिले अहोरात्र कार्यक्षेत्रमा खटेर महत्वपूर्ण योगदान गरीरहेको भन्दै अझै थप धर्यता र समपर्णको साथ कार्यक्षेत्रमा खट्न अपिल गरेको छ । पेशागत आचारसंहिता पालना गरेर पेशाको मर्यादालाई उच्च राख्न परिषद्को अपलि छ । विज्ञप्तिमा भनिएको छ, ‘मानवमाथिको यो ब्रजपातको यो युद्धमा उच्च मनोबल र दृढ इच्छाशक्ति लिई क्रियाशील रही आफ्नो सामथ्र्यको प्रर्दशन गरी विजयको शंखनाद गर्ने अवसरको रुपमा परिणत गर्न पनि हामी सबैलाई अपिल गर्दछौं ।’

    नर्सिङ पेशाको आदर्श फ्लोरेन्स नाइटिङ्गेलले युद्धको समय समयमा ज्यानको बाजी लगाएर काम गरेको उल्लेख गर्दै रजिष्ट्रार घिमिरेले सबै एकजुट कार्यक्षेत्रमा खट्न अपिल गरेकी छन् । विज्ञप्तिमा उल्लेख छ–‘कोभिड–१९ को  महासंकट मोचनको यस युद्धमा सम्पूर्ण नर्सिङ्ग, मिडवाईफ व्यवसायीहरू र अन्य स्वास्थ्यकर्मीहरू एकजुट भई क्षमता र दक्षता प्रदर्शन गर्नका लागि नर्सिङ्ग परिषद् आह्वान गर्न चाहन्छ ।’
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार