Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • खुमलटारमा प्रचण्ड र माधव नेपालबीच भेट, यी कुरामा भए छलफल


    बुधबार, कार्तिक ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

    बुधबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटारमा भएको दुईबीचको छलफलमा कर्णाली प्रदेशको विवाद र सरकारका गतिविधिबारे कुराकानी भएको स्रोतले बताएको छ।

    यस्तै सरकारले कोरोना संक्रमित उपचारमा शुल्क लिन दिने निर्णय गरेको विषयले पनि छलफलमा महत्व पाएको स्रोतको दावी छ । अध्यक्ष प्रचण्डसँग नेता नेपालले मंगलबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको कुराकानीको विषय पनि ब्रिफिङ गरेका थिए ।

    मंगलबार साँझ नेता नेपालले प्रधानमन्त्री ओलीसँग बालुवाटारमा भेटवार्ता गरेका थिए । भेटका क्रममा प्रधानमन्त्री अ‍ोलीले प्रचण्डसँग ढल्किएको विषय उठान गरेका थिए ।

    प्रधानमन्त्रीले नेपालसँग सहकार्य गरेर अघि बढ्न चाहेको बताए पनि नेता नेपालले विधि र विधानमा हिँडे मात्र सहकार्य हुन सक्ने जवाफ दिएका थिए ।

    प्रधानमन्त्रीले ‘आज भोली त अन्त जान थाल्नुभयो त’ भन्दै अध्यक्ष प्रचण्डसँग नजिकिएको प्रसंग जोडेका थिए ।

    उनले नेता नेपाल आफूकहाँ आउजाउ गर्न छोडेपछि असन्तुष्टि जनाएका हुन् । नेता नेपालले अध्यक्ष प्रचण्डसँग मिलेर काउण्टर दिन थालेपछि प्रधानमन्त्रीको यस्तो भनाई बाहिर आएको छ ।

    उनले सरकारले जनताको हितमा काम नगरेको भन्दै प्रधानमन्त्रीलाई सिस्टममा चल्न आग्रह गरे । उनले प्रधानमन्त्रीले मन्त्रिमण्डल पुर्नगठनमा गरेको एकलौटी निर्णयदेखि कोरोना संक्रमित नागरिकको उपचारमा गरेको विवादास्पद निर्णयबारेमा आक्रोश पोखेका थिए ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार