Nepal Face
  • आइतबार, १० साउन २०८३
  • हेर्नुहोस् आजको सुनचाँदीको मूल्य


    बुधबार, पुष १८ २०८०
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको जानकारी दिएको छ । महासंघका अनुसार आज सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

    महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख २० हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २० हजार २०० रुपैयाँ कायम छ । हिजो छापावाल सुनको मूल्य तोलामा १ लाख २१ हजार र तेजाबी सुनको मूल्य १ लाख २० हजार ४०० रुपैयाँ कायम थियो ।

    यस्तै, आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले खुम्चिएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १४ सय ५० रुपैयाँ कायम छ । हिजो चाँदीको कारोबार मूल्य तोलामा १४ सय ६० रुपैयाँमा भएको थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार