Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • समायोजनको काम पूरा गर्न जसपाले गठन गर्‍यो कार्यदल


    बुधबार, कार्तिक ५ २०७७
    1.3K
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) ले समायोजन सहजीकरण कार्यदल तथा कार्यतालिका तयार पारेको छ । गत बैशाखमा राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा) एकिकरण भएर बनेको जसपाले समायोजन प्रक्रिया टुंग्याउन कार्यदल गठन गरेको हो ।

    समायोजन सहजीकरणका लागि बनेको कार्यदलमा प्रदेश १ मा परशुराम खापुङ, परशुराम बस्नेत, केशव झा र मनिष सुमन तथा प्रदेश २ मा रामसहायप्रसाद यादव, मृगेन्द्रसिंह यादव, विजय यादव र सुनील रोहित छन् । यस्तै, बागमती प्रदेशमा गंगानारायण श्रेष्ठ, वृषेशचन्द्र लाल, अकवाल अहमद शाह र रणध्वज कन्दङ्वा छन् ।

    गण्डकीमा हेमराज राई र रमेश यादव, लुम्विनीमा नवराज सुवेदी, ईस्तियाक राई, सर्वेन्द्रनाथ शुक्ल र अमृता अग्रहरी रहेका छन् । कर्णाली प्रदेशमा भक्तबहादुर शाह र गोविन्द चौधरी तथा सुदुरपश्चिम प्रदेशमा दुर्गा सोब, नवराज सुवेदी, राजकुमार लेखी, चन्दा चौधरी र दानबहादुर विश्वकर्मालाई कार्यदलमा राखिएको छ ।

    यसैगरी, भातृ तथा जनवर्गीय संगठन समायोजन सहजीकरण कार्यदलमा रकम चेम्जोङ, रामसहायप्रसाद यादव, हिसिला यमी, सुशीला श्रेष्ठ, उमाकान्त झा, वृषेशचन्द्र लाल, केशव झा, मनिस सुमन र दुर्गा सोब छन् ।

    गैर-भौगोलिक, शिल्पी र दलित विशेष प्रदेश सहजीकरण कार्यदलमा प्रकाश अधिकारी, दानबहादुर विश्वकर्मा, लक्ष्मणलाल कर्ण र महेन्द्रराय यादव, प्रवेश क्षेत्र विशेष कार्यदलमा हिसिला यमी, रेणुकुमारी यादव र राजकिशोर यादव तथा पहिचानमा आधारित राष्ट्रिय समितिहरू समायोजन कार्यदलमा राजेन्द्र श्रेष्ठ, डमरु बल्लभ खतिवडा, रणध्वज कन्दङ्वा, अरवल अहमद शाह, केशव झा र सुनील रोहित छन् ।

    दुई दिनसम्म राजधानीमा चलेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले २५ कात्तिकभित्र प्रदेश समायोजनका सम्पूर्ण काम सक्नुपर्ने निर्णय गरेको छ । स्थानीय तहको १५ मंसिर, जिल्ला समन्वय र निर्वाचन क्षेत्र ३० मंसिर र जनवर्गीय संगठन, गैरभौगोलिक शिल्पी लगायतको समायोजन मंसिरमा सम्पन्न गर्नुपर्ने बैठकको निर्णय छ ।

    समायोजन कार्य अन्तरिम विधान र समायोजन निर्देशिका २०७७ मा व्यवस्था भए बमोजिम मापदण्ड विधि र प्रक्रियाको आधारमा गर्नुपर्ने जसपाका एक नेताले नेताले जानकारी दिए ।

    बैठकले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको नेतृत्वमा संघीय परिषद् र ८०१ सदस्यीय केन्द्रीय समिति गठन गर्ने निर्णय समेत गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार