Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • ६५ जना उपसचिवको सरुवा तथा पदस्थापन, आधिकारिक ट्रेड युनियन अध्यक्ष उपसचिव बढुवा


    आइतबार, चैत्र २३ २०७६
    1.2K
    Shares
  • ५ मिनेट पाठ
  • काठमाडौं, २३ चैत । कोरोना भाइरस(कोभिड १९)को महामारीका कारण देशमा लकडाउन घोषणा भएको बेलामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ६५ उपसचिवको पदस्थापन र सरुवा सरुवा गरेको छ । कतिपयको काजसरुवा भएको छ । 

    २०७६ चैत १९ र २१ गतेको निर्णय अनुसार भएको र पदस्थापन र सरुवा हुने उपसचिवहरुमा आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्यप्रसाद ढकाल पनि छन् । उनको पदस्थापन गृहमन्त्रालयमा भएको छ ।

    सुब्बाबाट सुरु भएको उनको जागिरे जीवनमा उनी  गृहमन्त्रालयमै कार्यरत छन् । उनी निजामती कर्मचारी संगठनको सचिव, अध्यक्ष र आधिकारिक ट्रेड युनियन अध्यक्ष हुँदासम्म पनि गृहमन्त्रालयको विपत ब्यवस्थापन शाखामा कार्यरत छन् । उपसचिव बढुवापछि पनि उनको पदस्थापन गृहमै भएको छ ।

    उपसचिव भइसकेपछि ट्रेड युनियनमा आवद्ध हुन पाइँदैन तर उनले अहिले पनि आधिकारिक ट्रेड युनियनको जिम्मेवारी उपाध्यक्ष भोलानाथ पोखरेललाई हस्तान्तरण गरेको जानकारी उनले सार्वजनिक गरेका छैनन् । निजामती सेवा ऐन अनुसार उपसचिव बढुवा भइसकेपछि ट्रेड युनियनको सदस्य हुन पाइँदैन । उनी त अध्यक्ष नै छन् ।

    गृहमन्त्रालयमा पर्ने भाग्यमानी उपसचिवहरुमा जोरासिंह माझी र बन्दना राई पनि हुन् । जागिरको करिब १० बर्ष काठमाडांैको कलंकी मालपोत कार्यालयमा बिताएका राजेन्द्र बुढाथोकी राष्ट्रिय सतर्कता केन्द्रमा पदस्थापन भएका छन् । उनी नेपाली कांग्रेस निकट निजामती कर्मचारी युनियन संघका सल्लाहकार हुन् । उनी युनियन संघको अध्यक्षमा गोपाल पोखरेलसँग पराजीत  भएका थिए । 

    त्यसैगरी उपसचिवहरु प्रेमप्रसाद ढकाल गण्डकी प्रदेश मुख्यमन्त्री कार्यालय, जयराम थारु र धर्मा अर्याल बेलबासे मुख्यमन्त्री कार्यालय ५ नम्बर प्रदेश, भूपेन्द्र राई खाँदबारी नगरपालिका संखुवासभाको प्रमुख प्रशासकीय अधिकृत, कृष्णप्रसाद आचार्य, रमेशकुमार उपाध्याय लुईटेल र राजकुमार महर्जन मुख्यमन्त्री कार्यालय बागमती प्रदेश, लेखनाथ पोखरेल बेलकोटगढी नगरपालिका नुवाकोटको प्रमुख प्रशासकीय अधिकृत, विपिनकुमार लाल कर्ण र दीपककुमार कर्ण मुख्यमन्त्री कार्यालय २ नम्बर प्रदेश सरुवा तथा पदस्थापन भएका छन् । अनन्तप्रसाद आचार्य र प्रेमप्रसाद गौतमको नाम राष्ट्रिय पुनर्निमाण प्राधिकरणमा छ ।

    उपसचिवत्रय राजमणि दाहाल, बिमला महत गौतम, हरिप्रसाद अधिकारी र रोमबहादुर महत उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा खटाइएका छन् । कुमार पौड्याल,  प्रकाश गुरुङ र विष्णु पौडेल लोकसेवा आयोगमा सरुवा भएका छन् । रविन्द्रजंग थापा र अनुनय बास्तोला संघीय मामिला सामान्य प्रशासन मन्त्रालयमा र राजे उप्रेती भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा खटिएका छन् ।

    श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा हुनेमा कल्पना मास्के श्रेष्ठ, मैया कँडेल र उर्मिला गुभाजु छन् । मातृकाप्रसाद ओझा सत्य निरुपण तथा मेलमिलाप आयोग, प्रेमकाजी महर्जन गोडैता नगरपालिका सर्लाहीको प्रमुख प्रशासकीय अधिकृत, सुमा श्रेष्ठ राष्ट्रिय महिला आयोग, बैकुन्ठ उपाध्याय सहरी विकास मन्त्रालय, गोविन्दप्रसाद घिमिरे अख्तियार दुरुपयोग अनुसन्धान आयोग, गणेशसिंह ऐडी, अशोकुमार भण्डारी, धर्मराज बिनाडी मुख्यमन्त्री कार्यालय सुदूरपश्चिम प्रदेश सरुवा भएका छन् ।

    त्यसैगरी, रेवतीरमण शर्मा जिसस कपिलवस्तु, शंकरप्रसाद पौडेल म्याङलुङ नगरपालिका तेह्रथुमको प्रमुख प्रशासकीय अधिकृृत, नरेन्द्रकुमार श्रेष्ठ गरुडा नगरपालिका रौतहटको प्रमुख प्रशासकीय अधिकृत, लीलाकान्त पौडेल राष्ट्रपति कार्यालय, नेत्रविलास पन्त जिसस गोरखा, टीकाराज पोखरेल सार्वजनिक खरिद अनुगमन कार्यालय छन् । 

     होमनाथ भट्टराई र रामप्रसाद फुँयाल मुख्यमन्त्री कार्यालय प्रदेश नम्बर १ मा सरुवा भएका छन् । उदयबहादुर पराजुली जिसस लमजुङ, लेखनाथ न्यौपाने लगानीबोर्डको कार्यालय, छविलाल सुवेदी बेनी नगरपालिकाका म्याग्दीका प्रमुख प्रशासकीय अधिकृत, रामचन्द्र लामगादे भंगाहा नगरपालिका महोत्तरीका प्रमुख प्रशासकीय अधिकृत, रुद्रलाल भुसाल जिसस ललितपुर, केशवप्रसाद रिजाल जिसस काभ्रे, प्रकाश देवकोटा शारदा नगरपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृत, टेकनाथ दाहाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङका प्रमुख प्रशासकीय अधिकृत, सुरेश ढकाल जिसस पर्वत, रुद्रप्रसाद न्यौपाने कन्काई नगरपालिका झापाको प्रमुख प्रशासकीय अधिकृतमा खटाइएका छन् । 

     डम्बरबहादुर सुनुवार पोखरीय नगरपालिका पर्साको प्रमुख प्रशासकीय अधिकृत, मुक्तिराम रिजाल फलेबास नगरपालिका पर्वतको प्रमुख प्रशासकीय अधिकृत, विनोदकुमार खनाल खानेपानी तथा सरसफाइ मन्त्रालय, श्रवणकुमार साह सुखीपुर नगरपालिका सिरहाका कार्यकारी अधिकृत, नोखीराम ओली, भेरीगंगा नगरपालिका सुर्खेतको प्रमुख प्रशासकीय अधिकृत, अनिल पौडेल बुद्धभूमि नगरपालिका कपिलवस्तु, यज्ञबहादुर बुढा प्यूठान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत, काजीकुमार पोखरेल दक्षिणकाली नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत र कृष्ण दाहाल बागमती प्रदेशमा सरुवा भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार