Nepal Face
  • आइतबार, १० साउन २०८३
  • चुनाव हारेका र समानुपातिकमा नाम भएकालाई राष्ट्रिय सभामा नउठाउने एकीकृत समाजवादीको निर्णय


    मंगलबार, पुष १७ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । माधवकमुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले आसन्न राष्ट्रियसभा सदस्य निर्वाचनमा उम्मेदवारकाे मापदण्ड बनाउने भएको छ । यसअघि चुनाव हारेका र समानुपातिक सूचीमा नाम राखेकाहरु नै अहिले राष्ट्रियसभा सदस्य उम्मेदवार बन्न दौडधुपमा लागेपछि सो पार्टीले मापदण्ड बनाउन लागेको हो ।

    ‘उम्मेदवारी दर्ता गर्नुअघि पार्टी सचिवालय बैठक बसेर मापदण्ड तय गर्छ’, उपाध्यक्ष राजेन्द्र पाण्डेले भने, ‘यसअघि चुनाव हारेका र समानुपातिक सूचीमा नाम लेखाएकाहरू माघ ११ मा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार बनाउनुहुँदैन भन्ने मेरो स्पष्ट मत छ ।’

    उनले चुनाव हारेका र समानुपातिक सूचीमा नाम परेकाहरूलाई राष्ट्रियसभाको उम्मेदवार बनाए पार्टी नबन्ने भन्दै पार्टी बैठकमै कुरा राखेको बताए । ‘मैले यो कुरा पार्टी बैठकमै कुरा राखेको छु । तर निर्णय भैसकेको छैन । उम्मेदवारी दर्ताअघि निश्चित मापदण्ड बनाउँछौ’, पाण्डेको भनाइ छ ।

    फागुन २० बाट रिक्त हुने २० पदमध्ये माघ ११ गते १९ पदमा निर्वाचन हुँदै छ । त्यसमध्ये एकीकृत समाजवादीका नन्दा चपाई र सिंहबहादुर विकको अवधि सकिँदै छ । कर्णालीबाट चपाई र बागमतीबाट विकका साथै एकीकृत समाजवादीकै चुनाव चिह्नबाट चुनाव लडेका खिमलाल देवकोटाको स्थान र थप एक सिट पाउनुपर्ने सो पार्टीले जनाएको छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार