Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गृहमन्त्रीलाई सांसद राईको प्रश्न- मान्छेलाई ताकी ताकी गोली हान्ने, तपाईँले राजीनामा नदिए कसले दिन्छ ?


    सोमबार, पुष १६ २०८०
    855
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसद राजेन्द्र राईले राज्य व्यवस्था समितिको बैठकमा गृहमन्त्रीको राजीनामा मागेका छन् ।

    छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने उनले दाबी गरे।

    उनले भने- घटनाको छानबिनका लागि समिति पनि बन्यो । तलका मान्छेलाई कारबाही पनि गर्‍यो । अब यसो गरौँ मन्त्री ज्यू तपाई राजीनामा दिनुस् । सबै भन्दा राम्रो कुरा तपाई राजीनामा दिनुस् । राजीनामा दिनै पर्‍यो नि ! विदेश गएर काम गरेर खान्छु भन्नेलाई ताकी ताकी गोली हान्ने तपाईँले राजीनामा नदिए कसले दिन्छ ?

    छानबिन समितिलाई निष्पक्ष ढंगले काम गर्ने वातावरण बनाउनका लागि भए पनि गृहमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

    राईले भने- तपाईँले राजीनामा दिएपछि मात्रै छानबिन समितिले राम्रोसँग काम गर्न सक्छ । समस्या सिर्जना भएपछि सरकारले गम्भीर ढंगबाट समाधान गर्नुपर्छ कि सरकाले गोली हान्नुपर्छ ? ठाउँको ठाउँ गोली हानेर मार्न मिल्छ ? रोजगारका लागि विदेश जान पाउनुपर्छ भनेर भन्नेलाई मार्न मिल्छ ?

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार