Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ‘मन्त्री ज्वालाको गाडीमा आगजनी र मन्त्रीको ज्यानको सवाल भएकाले प्रहरीले बल प्रयोग गर्‍यो’: आईजीपी कुँवर


    सोमबार, पुष १६ २०८०
    925
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुवँरले बालकुमारीमा भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी र मन्त्रीको ज्यानको सवाल भएकाले प्रहरीले बाध्य भएर बल प्रयोग गरेको उल्लेख गरेका छन्। साथै उनले प्रहरीले उक्त घटनामा बल प्रयोग नगरेको अवस्थामा थप गम्भीर घटना निम्तन सक्ने बताएका छन् ।

    शुक्रबार ईपीएस कोरिया शाखाको कार्यालय आसपासमा भएको प्रदर्शनमा भएको गम्भीर घटनाबारे आज (सोमबार) राज्यव्यवस्था तथा सुशासन समितिमा जानकारी गराउँदै उनले माथिल्लो निकायसँग समन्वय नै नगरिकन गोली प्रहार भएको र बल प्रयोग भएको जानकारी गराएका हुन्। प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर चौरपाटी– १ सिउडी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो।

    माथिल्लो निकायसँग समन्वय नगर्दा समस्या देखिएकाले फिल्ड कमान्डरलाई निलम्बन गरिएको उनले बताए। कुँवरले भने,‘बल प्रयोग नगर्नू भन्ने निर्देशन दिएको अवस्था थियो। कम्युनिकेसनमा विधि, व्यवहार एउटा होला। त्यो छानबिनको क्रममा आउँला तर, माननीय मन्त्रीज्यू, गाडीभित्रै भएको अवस्था आँकलन भयो, कम्युनिकेसन भयो र बल प्रयोग नगर्दा अवस्था जटिल हुन्छ भनेर बल प्रयोग हो। मन्त्री ज्यू भन्नेबित्तिकै प्रहरीले धैर्यता गुमाएको र आवेशको अवस्था जस्तो देखिन्छ।’

    संसदीय समिति बैठकमा कुवँरले आन्दोलन चलिरहेको समयमा मन्त्रीको गाडी सोही रुट भएर गएपछि प्रदर्शनकारीहरू थप अग्र बनेको उल्लेख गरे।

    उनले भीड छिचोल्न गोली चलाएको पाइएकोसमेत बताए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार