Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नागरिकको अवस्था सुधार भए मात्र राजनीतिको अर्थ हुन्छ : मन्त्री लामा


    आइतबार, पुष १५ २०८०
    920
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेशका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री तीर्थ लामाले अबको राजनीति नागरिकको जीवनस्तर सुधार तर्फ केन्द्रित हुनु पर्ने बताएका छन् । रोशी गाउँपालिका–६ को नवनिर्मित प्रशासकीय भवन उद्घाटन गर्दै उनले यस्ताे बताएका हुन् ।

    उनले काभ्रेका स्थानीयको शिक्षा, चेतनाको स्तर क्रमशः सुधार हुँदै गएको र आगामी योजनाहरू नागरिकको आर्थिक समृद्धिको लागि जीवनस्तर उठाउन केन्द्रित हुनुपर्ने बताए । पोटाखोला हुँदै घट्टेखोला सम्मको सडक कालोपत्र तत्काल गर्न र सिपाली हुँदै जाने सडक पनि प्रदेश सरकारमार्फत स्तरोन्नति गर्ने गरी पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे ।

    कार्यक्रममा नेकपा माओवादी केन्द्र बागमती प्रदेशसभाका मुख्य सचेतक रत्नप्रसाद ढकालले सो क्षेत्रको विकासमा महत्त्वपूर्ण अर्थ राख्ने पोटाखोला–घट्टेखोलाबाट सिपाली हुँदै महाभारत जाने सडक निर्माणका लागि पहल गर्ने बताए । आगामी वर्ष सो सडक कालोपत्र गर्न प्रदेश सरकार समक्ष बजेट विनियोजनका लागि पहल गर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार