Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • नागरिकको अवस्था परिवर्तनका निम्ति सरकार अहोरात्र खटिरहेको छः मन्त्री गुरुङ


    आइतबार, पुष १५ २०८०
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । शहरी विकासमन्त्री सीता गुरूङले सरकार नागरिकको अवस्था परिवर्तनका लागि अहोरात्र खटिरहेको बताएकी छन् । आज काठमाडौंको टुडिखेलमा आयोजित तमु ल्होसार महोत्सव–२०८० लाई सम्बोधन गर्दै मन्त्री गुरुङले यस्तो बताएकी हुन् ।

    उनले नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीहरुप्रति सरकार सजग रहेको बताइन् । यनले केही भएको छैन र केही हुँदैन भन्ने भाष्य गलत रहेको उल्लेख गर्दै विगतका दिनहरुमा भन्दा अहिले राम्रो हुँदै गइरहेको बताइन् । उनले संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता र समानुपातिक समावेशि सहभागिता जोगाउने चुनौति रहेको पनि बताइन् ।

    उनले भनिन्, ‘नागरिकको अवस्था परिवर्तनको निम्ति सरकार अहोरात्र खटिरहेको छ । हामीले व्यवस्था परिवर्तनको निम्ति धेरै संघर्ष ग¥यौँ । अब संविधानलाई कार्यान्वयन गराउँदै आम नागरिकको जीवन र नागरिकको अवस्थालाई परिवर्तन गर्न लागि परिरहेको छ । नागरिकको बढ्दो असन्तुष्टि र नकारात्मक टिप्पणीप्रति पनि सरकार सजग छ । तर केही भएको छैन, केही हुँदैन भन्ने भाष्य गलत छ । हिजोभन्दा राम्रो पक्कै भएको छ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार