काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सीमापार रेलवे सञ्चालन र पूर्वाधार विकाससहित सम्पर्क सञ्जालका परियोजनामा नेपाल र चीनबीच भएका आपसी सम्झौताको व्यावहारिक कार्यान्वयनको समय आएको बताउनुभएको छ ।
हिमालयपार बहुआयामिक सम्पर्क सञ्जाल सहयोग सम्बन्धमा नेपाल र चीनका राजनीतिक दलबीचको संयुक्त परामर्श संयन्त्रको भर्चुअल रुपमा आज आयोजित पहिलो बैठकको सफलताको कामना गर्दै प्रधानमन्त्री ओलीले दुई देशका जनताको आपसी लाभका लागि बेल्ट एण्ड रोड इनिसियटिभमा नेपालले सन् २०१७ मा हस्ताक्षर गरेको स्मरण गर्नुभयो । बैठकमा प्रधानमन्त्रीको उक्त लिखित सन्देश राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गर्नुभएको थियो ।
प्रधानमन्त्री ओलीले पछिल्ला वर्ष चीनका राष्ट्रपति सी चिनफिङको नेपाल र नेपालका राष्ट्रपति विद्यादेवी भण्डारीको चीनको राजकीय भ्रमणले आपसी सम्बन्धलाई रणनीतिक साझेदारमा रुपान्तरण गर्न योगदान गरेको बताउँदै परस्पर सम्मान, विश्वास र सहकार्यमा दुई देश र यहाँका पार्टीबीचको सम्बन्धी रहिआएकाले आगामी दिनमा अझ विस्तार हुने जनाउनुभयो ।
उहाँले आफ्नो नेतृत्वको वर्तमान नेकपा कम्युनिष्ट पार्टी (नेकपा) को सरकार स्थायित्व र विकासका साथै ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षालाई व्यवहारमा सार्थक तुल्याउन लागिपरेको पनि उल्लेख गर्नुभयो । “शान्तिपूर्ण सहअस्तित्वलगायत पञ्चशीलका सिद्धान्तका आधारमा नेपाल एक चीन नीतिप्रति पूर्ण प्रतिबद्ध रहेको छ । चीनले पनि नेपालको सार्वभौमसत्ता र सार्वभौमिकतामा सदैव सम्मान गरेको छ ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “चीनले अरुको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने नीति लिनाले चीन नेपालको विश्वासिलो र भरपर्दाे साझेदार बनेको छ ।”
सम्मेलनमा राष्ट्रपति भण्डारीले पठाउनुभएको सन्देश पनि प्रस्तुत गरिएको थियो । कार्यक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता डा प्रकाशशरण महत, जनता समाजवादी पार्टीका नेता डा बाबुराम भट्टराई तथा चीनका तर्फबाट उच्चस्तरीय प्रतिनिधिले सम्बोधन गरी दुई देशबीचको सम्बन्ध र साझेदारीलाई थप प्रभावकारी बनाउन साझा मत व्यक्त गरिएको थियो।
काठमाडौँ । मधेस प्रदेशमा नयाँ सत्ता समीकरण निर्माणको प्रक्रिया अघि बढेसँगै नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । नेकपा संसदीय दलको भर्चुअल...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीका नेताकार्यकर्ताहरूले वडाध्यक्षमा उम्मेदवार बन्न रुचि नदेखाएको भन्दै कटाक्ष गरेका छन्। चितवन पुगेका सभापति लामिछानेले...
काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद अर्यालले भेट गरेका छन् । राष्ट्रपतिको सचिवालयका अनुसार शीतल निवासमा आज भएको भेटमा समसामयिक विषयमा कुराकानी भएको...
काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले विपद् प्रभावित परिवारका लागि घोषणा गरिएको १५ हजार रुपैयाँको जीविकोपार्जन तथा रेन्टल राहत तिहारलगत्तै वितरण...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend